एजेन्सी – श्रीदेवीको अन्तिम फिल्म शाहरुख खानको आगमी फिल्म जिरो हुने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार फिल्म जिरोमा श्रीदेवी आगन्तुक कलाकारको रुपमा देखिने छिन्। श्रीदेवी सो फिल्मको एउटा पार्टी सिनमा शाहरुख खान, अलिया भट्ट र करिश्मा कपुरसँग देखिनेछिन्। फिल्म जिरोमा शाहरुख खानले होँचा व्यक्तीको भुमिका निभाएका छन्।
५४ वर्षको उमेरमा आज श्रीदेवीको कार्डियाक एरेस्ट (मुटुको चाल गडबढ) हुने कारणले दुबईमा निधन भएको छ। ४ वर्षको उमेरदेखी नै बलिउडमा पाइला चालेकी श्रीदेवीले आफ्नो जिवनकालमा ३०० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । श्रीदेवीका पति हुन्, बलिउड फिल्म निर्माता तथा निर्देशक बोनी कपुर।
श्रीदेवी चार वर्षको उमेरमा पहिलो पटक तमिल फिल्मबाट डेब्यु गरेकी थिइन् । श्रीदेवीले वलिउड फिल्मका पहिलो पटक सन् १९७९ मा ‘सोलवा सावन’ मा अभिनेत्रीको भुमिका निभाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।