• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘लेडी अमिताभ’को अवसान, ५० वर्षे करिअरमा ३ सय फिल्ममा अभिनय

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  १०:१८
1140x725

एजेन्सी- गत वर्ष मात्रै श्रीदेवीले फिल्म क्षेत्रमा प्रवेश गरेको ५०औं वर्ष मनाएकी थिइन्। शनिबार राति उनको ५४ वर्षकै उमेरमा निधन भयो। छोटो जीवनमा लामो बलिउड यात्रा तय गरेकी उनले ४ वर्षको उमेरमै फिल्म खेल्न थालेकी थिइन्। ५० वर्षको अभिनय करियरमा ३ सय फिल्ममा काम गरिन्। 

यसबाट थाहा हुन्छ कि उनले आफ्नो पूरै जीवन फिल्मका लागि समर्पित गरिदिइन्। 

५१ वर्ष पहिले चार वर्षकी एक सानी नानी तमिल फिल्मको पर्दामा देखिएकी थिई। जसले भूमिका भने सानो केटाको थियो। तिनै थिइन्, ‘लेडी अमिताभ’ बच्चनको उपमा पाएकी श्रीदेवी।

तमिल–तेलगू फिल्ममा बाल कलाकारको काम गर्दैगर्दा उनी हिन्दी फिल्मसम्म आइपुगिन्। सन् १९७५ मा हिन्दी फिल्म ‘जुली’मा बाल कलाकारको भूमिकामा देखिएकी थिइन्।

श्रीदेवीले पहिले मुख्य भूमिका साउथ इन्डियन फिल्मका सुपरस्टार रजनीकान्तसँग गरेकी थिइन्। सन् १९७६ मा उक्त फिल्ममा काम गरेकी थिइन्। जहाँ कमल हसनको विशेष भूमिका थियो। 

सन् १९७८ मा जब भारतीराजको हिन्दी फिल्म ‘सोलवां सावन’मा श्रीदेवी पर्दामा देखिइन्, सायद हेर्ने कसैको नजर पर्दाबाट हटेन। उनी मोटी थिइन्। त्यो समय श्रीदेवीको वजन ७५ किलोको आसपास थियो। उनलाई मान्छेहरु ‘थन्डर साइज’ भन्न थाले। त्यसपछि १९८३ मा फिल्म ‘हिम्मतवाला’ रिलिज भयो। तर ‘थन्डर साइज’को उपमाबाट मुक्ति मिलेन।

ठूलठूला आँखावाली श्रीदेवीले बिस्तारै आफ्नो काम र अभिनयबाट त्यसो भन्नेहरुको मुख बन्द गरिदिइन्। उनी एकपछि अर्को फिल्ममा आफूलाई यसरी प्रस्तुत गर्न थालिन् कि हिरोका कारण फिल्म चल्ने जमानामा हिरोइनका कारण चल्ने बनाइदिइन्। त्यसैले त्यो समय उनलाई मान्छेहरु ‘लेडी अमिताभ’ भन्न थाले। 

परिवारका बारेमा कुरा गर्दा उनका बुवा अयप्पन वकिल थिए। उनकी एक बहिनी श्रीलता र भाइ शतिश छन्। उनका पिताले एकपल्ट कांग्रेसबाट विधानसभाको चुनाव पनि लडेका थिए।

Ncell 2
Ncell 2

श्रीदेवीको करिअरका लागि उनकी आमाको भूमिका सबैभन्दा धेरै छ। सानी बच्ची हुँदादेखि नै उनकी आमाले सहायता र हौसला दिएर बलिउडसम्मको यात्रा गराइन्। 

पूरा प्याकेजवाल बलिउड अभिनेत्रीका कुरा गर्ने हो भने नछुट्ने नाम बन्यो श्रीदेवीको। कमेडी, डान्स, ड्रामा, हरेक विधामा माहिर थिइन् उनी। 

नृत्यमा त उनी अब्बल थिइन् नै। ‘हवा हवाई हो’, ‘नैनों में सपना’ यसका गतिला उदाहरण हुन सक्छन्। 

फिल्मको उनको चर्चा उकालो चढिरहेका बेला सन् १९९० को दशकमा उनको जीवनमा उथलपुथल आयो। बोनी कपुरसँग विवाह गरिन्, जो पहिल्यै विवाहित थिए। 
त्यो समयका क्षमतावान् निर्देशक बोनीसँग उनले फिल्म गरिसकेकी थिइन्। सन् १९९७ मा फिल्म ‘जुदाई’ खेलेपछि उनले लामो समय अभिनय करिअरबाट ब्रेक लिइन्। 

सन् २०१२ मा फिल्म ‘इंग्लिस विंग्लिश’बाट फर्केर आइन् त यस्तो लाग्यो कि श्रीदेवी पर्दाबाट बाहिर त कहिल्यै गएकी रहिनछन्। 

अघिल्लो वर्ष रिलिज फिल्म ‘मम’ उनको अन्तिम फिल्म भयो। 

आफ्ना दुई छोरीप्रति उनको अगाध प्रेम थियो। बलिउडमा छोरीहरु पनि जमेको हेर्ने चाहना थियो। १९ वर्ष भर्खरै पार गरेकी जेठी छोरी जाह्नवीलाई त्यसैले फिल्म ‘धडक’मा अभिनय गर्न उक्साएकी थिइन्। केही महिनापछि रिलिज हुने छोरीको पहिलो फिल्मका लागि उनी अधैर्य थिइन्। तर, छोरीको पहिलो फिल्म हेर्ने भाग्य उनलाई जुरेन। अबको पाँच महिनापछि छोरीको मुख्य भूमिका रहेको फिल्म ‘धडक’ रिलिज हुँदैछ। 

अलबिदा श्रीदेवी!

(एजेन्सीको सहयोगमा डिबी खड्काको अनुवाद) 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्