• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपालमा हुने विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने, भुटानमा गर्ने प्रस्ताव

पूरा भएन राखेप सदस्यसचिवको वाचा
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  १६:१२
1140x725

काठमाडौं- विश्वकप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध दशरथ रंगशालामा हुने भनिएको खेल नहुने भएको छ। विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोकेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीमा कुवेतसँगको खेल घरेलु मैदानमा गर्ने प्रस्ताव गरेको थियो। 

जसमा एएफसी प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङसहितको टोलीले कात्तिक १९ गते दशरथ रंगशालाको निरिक्षण गरेको थियो। जसमा रंगशालाको चौर र प्याराफिटकै काम राम्ररी हुन नसकेको एएफसीको ठहर थियो। अहिले एएफसीले दशरथ रंगशालामा खेल हुन नसक्ने एन्फालाई समेत बताइसकेको छ। 

एएफसीले दशरथ रंगशालामा खेल हुन नसक्ने जानकारी दिएसँगै आफूहरुले भुटानको चाङलिमिथाङ रंगशालामा खेल सञ्चालन गर्न फिफा र एएफसीसँग प्रस्ताव गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन्। 

‘सबै प्रकारको अधिकतम प्रयत्नका बावजुद नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला समयमा नै पुन निर्माण हुन नसक्दा दुःख लागेको’ भन्दै फुटबल समर्थकसँग माफि माग्दै एन्फाले विज्ञप्तीसमेत जारी गरेको छ। 

कतारमा २०२२ मा हुने विश्वकप फुटबल र २०२३ मा चिनमा हुने एसियन कप फुटबल अन्तर्गतको छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्। जसअन्तर्गत नेपालले अवे मैदानमा हुने चारै खेल खेलिसकेको छ। 

यसअघि नेपालले आफ्नो पहिलो खेल गएको भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय हुँदा नै दशरथ रङ्गशालाको पुनर्निर्माणको काम नसकिएकाले कुवेतमा गएर नै खेलेको थियो। त्यसबेला नेपालले होम एन्ड अवे दुवै खेल कुवेतमा नै खेल्न आग्रह गरेको थियो। तर फिफाले दुवै खेल कुवेतमा हुन नसक्ने भन्दै रोकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एन्फाले सुरुदेखि नै चाइनिज ताइपेई, जोर्डन र कुवेतलाई नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल सार्न अनुरोध गरेअनुसार नेपालले सुरुका खेलहरु अवे मैदानमा खेल्ने स्वीकृति पाएको थियो। दशरथ रंगशालाको पुनर्निर्माण सकिने भन्दै मंसिर ३ गतेको खेल भने घरेलु मैदानका लागि तय भएको थियो। तर पुनर्निर्माण नसकिएकाले एन्फा निरिह हुँदै नेपालको खेल भुटानमा गराउन प्रस्ताव गरिरहेको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाधार तथा एन्फाले मैदानको जिम्मा लिएर काम अघि बढाए पनि समयमै काम हुन नसकेको हो। २०७२ को वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भएको रंगशालाको पुनर्निर्माणको मिति सर्दै जाँदा अहिलेसम्म पनि काम सकिन नसकेको हो। 

नेपालमा नै आउँदो मंसिर १५ देखि २४ गतेसम्म हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि दशरथ रंगशालाको पुनर्निर्माण समयमा सक्नु आवश्यक थियो। त्यसअघि नै कुवेतविरुद्धको विश्वकप छनोट खेल नेपालमा नै गर्ने गरी सबै तयारी भएको र समयमा नै काम पूरा गर्ने राखेप सदस्यसचिव रमेश सिलवालले पनि हरेक कार्यक्रममा बताउँदै आएका थिए। 

विश्वकप छनोटमा अस्ट्रेलिया र जोर्डनसँग खेल्न जानुअघि गएको असोज १४ गते भएको बिदाइ कार्यक्रममा नेपाली टिमका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा हुने भनिएका खेल दशरथ रंगशालामा नै खेल्न पाऔँ भन्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र राखेप सदस्यसचिव रमेश सिलवालसमक्ष आग्रह गरेका थिए। उक्त कार्यक्रममा नै राखेप सदस्यसचिव सिलवालले कुवेतविरुद्ध घरेलु मैदानमा नै खेल गराउन दशरथ रंगशालाको पुनर्निर्माण समयमा नै सकाउने वाचा गरेका थिए। त्यसपछि पनि हरेकजसो कार्यक्रममा रंगशालाको पुनर्निर्माण समयमा सकिने भाषण सुनिए पनि काम भने सन्तोषजनक हुन नसकेको एएफसीको निर्णयपछि पनि प्रष्ट भएको छ। 

विश्वकप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो। गएको महिना नेपाल अवे खेलमा अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो।

नेपालले दशरथ रंगशालामा मंसिर ३ गते कुवेतसँग खेल्ने तालिकासँगै चैत १३ गते चाइनिज ताइपेइसँग, आउँदो वर्ष जेठ २२ गते जोर्डनसँग र चैत १८ गते अस्ट्रेलियासँग दशरथ रंगशालामा नै खेल्ने तालिका रहेको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्