नयाँ दिल्ली– श्रीदेवीलाई ट्विटरमा पछ्याउनुभएको छ भने तपाईंलाई थाहा हुनुपर्छ, पछिल्ला दिन उनी फिल्म ‘धडक’का बारे पोस्ट गरिरहेकी थिइन्। उक्त फिल्मको प्रचार सामग्री पिन टप गरेकी छिन्।
जुन फिल्म उनकी जेठी छोरी जाह्नवीको डेब्यु फिल्म हो। आगामी जुलाई २० मा रिलिज हुँदैछ सो फिल्म। छोरी बलिउड प्रवेशबाट बेहद खुसी श्रीदेवीले आखिर उक्त फिल्म हेर्न नपाई गएराति संसारबाट बिदा भइन्।
शहिद कपुरका भाइ इशान खट्टर जाह्नवीको जोडी बनेका छन्। करण जोहरको उक्त फिल्मलाई निर्देशन शशांक खेतानले गरेका हुन्।
हृदयाघातबाट दिवंगत श्रीदेवीले आफ्नो जीवनमा ३ सय फिल्म गरिन्। तीमध्ये ‘मदर इन्डिया’ उनको ड्रिम रोल थियो भने ‘मम’ जीवनकै अन्तिम फिल्म सावित भएको छ।
अभिनेता बोनी कपुरसँग बिहे गरेकी श्रीदेवीका दुई छोरी छन्- जाह्नवी र खुसी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।