तमिलनाडु (एजेन्सी)– चर्चित फिल्म ‘सदमा’ मा श्रीदेवीको अपोजिट कलाकारको भूमिका निर्वाह गरेका दक्षिण भारतका सुपरस्टार कमल हसनले भारतीय फिल्म उधोगकी पहिलो महिला सुपरस्टारको निधनले आफू स्तब्ध भएको बताएका छन्।
उनले ट्विटमार्फत श्रीदेवीलाई श्रद्धाञ्जली दिने क्रममा ‘सदमा’ को दृश्यहरू आफ्नो मानसपलटमा घुम्न थालेको बताएका छन्। कमलले श्रीदेवीको फिल्मी करिअरलाई आफूले किशोरी हुँदादेखि नै नियालेको भन्दै उनको ‘स्टारडम’ स्वभाविक भएको बताए। उनले श्रीदेवी प्रतिभाशाली कलाकार भएकोमा कुनै शंका नरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।