काठमाडौं– पछिल्लो सयम देशभरको विमानस्थलमा जहाज डिलेको समस्या बढ्दो छ। जहाज डिलेको समस्या बढेसँगै यात्रुहरुले विरोध गर्न थालेका छन्।
हवाइयात्रुको विरोधका आवाज मुखरित हुन थालेसँगै वायुसेवा सञ्चालकहरुले पनि समस्या उजागर गरेका छन्। बिहीबार वायुसेवा सञ्चालकहरुले एक विज्ञप्ति जारी गर्दै आन्तरिक उडानमा जहाज डिले हुनुको प्रमुख कारण आन्तरिक उडानलाई भन्दा अन्तर्राष्ट्रिय उडानलाई प्राथकिमता दिनु रहेको ठहर गरेको छ।
संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटै मात्रै रनवेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि अपनाउनु पर्ने आगमन तथा प्रस्थान कार्यविधिका कारण वायुयानहरु आकाशमै होल्ड गर्नु पर्ने वा ग्राउन्डमा होल्ड गर्नु पर्ने अवस्था रहेको जनाएको छ।
कतिपय विमानस्थलमा सुर्योदयदेखि सूर्यास्तसम्मको समयमा मात्रै विमान अवतरण तथा उडान गर्नु पर्ने बाध्यताका कारण पनि जहाज डिले हुने समस्या रहेको संघको भनाइ छ।
संघले जारी गरेको विज्ञप्ति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।