मुम्बई (एजेन्सी)– हिन्दी फिल्मकी चर्चित नायिका श्रीदेवीको पार्थिव शरीरलाई मुम्बई ल्याउने तयारी भएको मिडियाहरूले जनाएका छन्। हिन्दी फिल्मकी पहिलो सुपरस्टार अभिनेत्री श्रीदेवीको शनिवार राती दुबईमा हद्यघातका कारण निधन भएको थियो।
५४ वर्षीय श्रीदेवी आफ्नो नन्दको छोराको विवाह समारोहमा समावेश हुन गत साता दुबई गएकी थिइन्। उनलाई एक्कासी हद्यघात भएको थियो। सन् १९६३ को अगस्ट १३ मा तमिलनाडुको शिवकासीमा जन्मिएकी श्रीदेवीको दुई छोरी जाह्न्वी र खुसी छन्। जाह्न्वी बलिउडमा डेव्युको तयारीमा छिन्।
श्रीदेवीको वास्तविक नाम श्री अम्मा येयङर अयप्पन हो। श्रीदेवीले ४ वर्षको उमेरदेखि नै फिल्ममा काम गर्न सुरु गरेकी हुन्। उनले कन्नड, मलयालम, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन्। १९६९ मा उनको पहिलो फिल्म बाल कलाकारको रुपमा रिलिज भएको थियो। उनले १९७५ मा पनि जुली फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन्।
१९७९ मा १५ वर्षको उमेरमा उनले ‘सोल्हवा सावन’ बाट हिन्दी फिल्ममा काम गर्न सुरु गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।