काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा र युएसएआइडी एसिया ब्युरो सहायक प्रशासक ग्लोरिया डि स्टेलबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान भएको भेटवार्ताका क्रममा अर्थमन्त्री खतिवडाले युएसएआइडीले नेपालको विकासका लागि गर्दै आएको कामको प्रशंसा तथा निरन्तरताका लागि अपिल गरे।
सहायक प्रशासक ग्लोरियाले नेपालमा संघीयता कार्यान्वयन र सामाजिक, आर्थिक रुपान्तरणका लागि युएसएआइडीले सहयोग गर्ने प्रतिवद्धता जनाइन्। प्रदेश तथा स्थानीय तहको क्षमता विकासका लागि सहकार्य गर्ने विषयमा उनको जोड थियो।
अर्थमन्त्री खतिवडाले नेपालले सार्वजनिक वित्त व्यवस्थापनका लागि तथ्यपरक र आर्थिक रुपमा पारदर्शी बजेटको लागि आफू सधैँ प्रयत्नशील रहेको बताए। त्यस्तै, नेपालले राजश्व परिचालनका सन्दर्भमा दोहारो कर र अन्य करहरु जसका कारण लगानीको वातावरणमा प्रत्यक्ष असर गर्न सक्छ, ती विषयलाई सम्बोधन गर्न सरकार सधैं तयार रहेको जानकारी गराए।
भेटका क्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको पनि उपस्थिति थियो। उनले नेपालसँगको सहकार्यताका विषयमा प्रकाश पार्दै नेपालले द्रुतस्तरको आर्थिक विकास गर्न आफूहरु सदैव सहयोग गर्न तयार रहेको प्रतिवद्धताजनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।