एजेन्सी– बलिउडका निर्देशक सन्जयलीला भन्सालीले दीपिका पादुकोणमा तीन जना अभिनेत्रीको झलक आउने बताएका छन्।
भन्सालीले दीपिकामा एउटा कोणबाट अभिनेत्री वैजन्तीमाला र अर्को कोणबाट हेमामालिनीको झलक आउने उनले बताए। पद्मावतको 'घुमर' नृत्यमा दीपिकामा अभिनेत्री वहिदा रहमानको झलक पाएको भन्दै भन्सालीले दीपिकाको प्रसंशा गरे। ‘दीपिकामा यी तीनै अभिनेत्री सरह देखिने खुबी छ,’ भन्सालीले भने।
भन्सालीले दीपिकाको अभिनयबाट प्रेरित भएर पद्मावतको सुटिङका दाैरान दीपिकालाई ५ सय रुपैयाँको नोट बक्सिस दिएका थिए। पद्मावतमा दीपिकाले अभिनेता रणवीर सिंह र शाहिद कपुरले भन्दा बढी पारश्रमिक लिएकी थिइन्। पद्मावतमा उनको पारश्रमिक ११ करोड भारु थियो। पद्मावत दीपिकाको सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बनेको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।