नयाँ दिल्ली (एजेन्सी)– पुजा भट्ट शनिवार ४६ वर्षमा प्रवेश गरेकी छिन्। फिल्म निर्माता महेश भट्टकी जेठी छोरी पुजाले १७ वर्षको उमेरमा १९८९ मा ‘डेडी’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन्। फिल्मको पटकथा मदिरा पिउने बुवा र छोरीबीचको सम्बन्धलाई लिएर थियो।
पुजा कुनै बेला आफै मदिराको लतको शिकार बनेकी थिइन्। उनको मदिरा पिउने बानी छुट्नुमा बुवा महेशको ठूलो हात छ। पुजाले केही समय अगाडि दिएको अन्तर्वार्तामा यसको खुलासा गरेकी थिइन्।
सन् २०१६ को डिसेम्बर २१ मा महेशले दिल्लीमा बसिरहेकी आफ्नी छोरी पुजालाई एउटा सन्देश पठाएका थिए। जसमा लेखिएको थियो– ‘आइ लभ यु बेटा।’
जसको जवाफ दिँदै पुजाले सन्देश पठाइन–‘आइ लभ यु टु पापा। संसारमा मेरो लागि तपाईभन्दा प्रिय व्यक्ति अरु कोही छैन।’
छोरीको यो उत्तरमा महेश भट्टले पुनः प्रतिक्रिया दिएका थिए, ‘ तिमी मलाई यति नै माया गर्छो भने आफूलाई माया गर्न सिक। किनभने म तिम्रो मुटुमा बस्छु।’
यो एउटा वाक्यले पुजाको बिग्रिन लागेको जीवन पुनः सामान्य भएको थियो। उनले यसपछि मदिरालाई हात लगाइनन्।
पुजाले आफ्नो बुवा महेशले निमार्ण गरेको सडक (१९९१), सर (१९९२), फिर तेरी कहानी याद आई (१९९२) जस्ता हिट फिल्ममा काम गरेकी थिइन्। २००३ मा निर्देशकको रुपमा ‘पाप’ फिल्म निमार्ण गरेकी थिइन्। जुन बक्स अफिसमा असफल सावित भयो। सनी लियोनलाई लिएर उनले जिस्म–२ पनि बनाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।