काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्।
'आफ्नै पुँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तबसम्म मुलुकमा व्यापार घाटा कायमै रहन्छ,' मन्त्री यादवले भने। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पुँजी र प्रविधि मुलकभित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाइ छ। ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने, ‘सहकार्य गर्नतिर बढी कोसिस गरौं, हामी सबैको क्षमता मिलायौं भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पुँजी पनि हुन्छ।’
उनले बाह्य पुँजी र प्रविधि भित्र्याउन सकिन्छ तर बढी जोड आन्तरिक पुँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पटक-पटक दोहोर्याए।
मन्त्री यादवले देशभित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भइरहेको पनि स्पष्ट पारे। सबैभन्दा महँगो गाडी चढ्ने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा कायम रहने तर्क पनि गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।