काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले भृकुटीमन्डपभित्र सञ्चालनमा रहेका पसलहरुको पुरानो सम्झौता अवधि सकिएको कारण नयाँ प्रक्रियाबाट प्रतिस्पर्धाका आधारमा व्यवसाय सञ्चालन गराउन निर्देशन दिएको छ।
केन्द्रले समाज कल्याण परिषद्ले भृकुटीमन्डपभित्र व्यापार/व्यवसाय सञ्चालनका लागि जिम्मा दिएका पसलहरुले मनोमानी रुपमा विभिन्न व्यक्तिलाई भाडामा लगाउँदै रकम असुली गरेको भन्ने उजुरीका आधारमा अध्ययन तथा अनुसन्धान गरेको थियो।
अध्ययन समितिले दिएको सुझावको आधारमा केन्द्रले परिषद्लाई नयाँ प्रक्रियाबाट पसल सञ्चालनको लागि टेन्डर गर्न निर्देशन दिएको हो।
अध्ययन समितिले लामो समयदेखि पसल भाडामा दिने सम्झौताको नविकरण नभएको भन्दै नयाँ प्रक्रियाबाट प्रतिस्पर्धाको आधारमा काम गर्न आवश्यक रहेको सुझाव दिएको थियो।
पसलहरु भाडामा लिने व्यक्ति बाहेक अन्य कसैको नामका हकभोग हस्तान्तरण नहुनेगरी प्रतिस्पर्धाका आधारमा सूचना प्रकाशन गरी नियमअनुसार भाडामा लगाउन अध्ययन प्रतिवेदनमा परिषद्लाई निर्देशन दिएको छ।
यस्तो छ प्रतिवेदनः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।