मुम्बई (एजेन्सी)– आशिकी–२ फिल्ममा आफ्नो गीतले सवैलाई लठ्याउने गायक अंकित तिवारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले बेङ्लोरमा इन्जिनियरिङ पेशामा आवद्ध पल्लवी शुक्लासँग विवाह गरेका हुन्। अंकितकी हजुरआमाले ट्रेनको यात्रा गर्दा पल्लवीलाई भेटेकी थिइन्। यही भेट नै उनीहरूको विहेको लागि पर्याप्त बन्यो।
आशिकी–२ मा अंकितले ‘सुन रहा हे ना तु रो रहा हुँ मे’, ‘तेरी गलिया...गलिया तेरी गलिया’ र ‘दिल चीज तुझे दे दु’ जस्ता सुपरहिट गीत गाएका थिए। अंकित पनि उत्तर प्रदेशको कानपुर निवासी हुन्। उनको आमा भक्तिगीत गाउने गर्छिन्। अंकित फिल्मबाहेक पनि सोनी टिभी, स्टार प्लस र कलर्स टेलिभिजनको धारावाहिक कार्याक्रममा संगीत दिन्छन्। उनको विवाह शनिवार सम्पन्न भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।