नयाँ दिल्ली (एजेन्सी)– बलिउड स्टार सलमान खानले निमार्ण गर्न लागेको फिल्म ‘लवरात्री’ को रिलिज ५ अक्टुबरमा हुने भएको छ। आयुष शर्मा र वरिना हुसेन अभिनित यो फिल्मका लागि सोसल मिडियामा सलमानले नयाँ ढंगले रिलिज समयको घोषणा गरे। उनले शनिबार एउटा ट्विट पोस्ट गर्दै आफ्ना समर्थकलाई सोधे, ‘लवरात्री आजदेखि २२४ दिनभित्र रिलिज हुनेछ...भनौ त रिलिजको तिथी कहिले हो?’
सलमानले आफ्नो ज्वाइँ आयुष शर्मालाई लिएर बनाउन लागेका हुन्। गुजरातीको पृष्ठभूमिमा आधारित फिल्म ‘रोमान्टिक ड्रामा’ हो। नौरथाको समय फिल्म रिलिस हुँदैछ। यही फिल्मबाट आयुष र वरिना बलिउडमा डेव्यु गर्दैछन्। फिल्मको पटकथा नरेन भट्टले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।