काठमाडौं- आवश्यक कोरम नपुगेपछि संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको अर्थ समितिको बैठक स्थगित भएको छ। मंगलबार बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो।
बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु भने उपस्थित भए पनि बैठक संचालन हुन सकेन।
बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो।
तर समितिका सदस्यहरुको गणपूरक संख्या नै नपुगेपछि बैठक कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको हो।
कार्तिक २८ गते बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।
बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।