• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
यी चारमध्ये एक, जसले मार्दैछन् राष्ट्र बैंक गभर्नरको बाजी अर्थसचिव राजन खनाल किन बन्न चाहँदैनन् गभर्नर?
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १९, २०७६  ०८:०६
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको आर्थिक अपचलन र पदीय आचरण विपरीतका क्रियाकलापको छानबिन गर्न सोमबार समिति बन्यो। राष्ट्र बैंकका सञ्चालक समिति सदस्य डा श्रीराम पौडेलको नेतृत्वमा समिति गठन गर्नुअघि अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई छानिबन समितिको नेतृत्व गर्न आग्रह गरियो।

भावी गभर्नरका स्वभाविक दाबेदार शिवाकोटीले आफूले छानबिन समितिको नेतृत्व गर्दा सम्भावित प्रतिष्पर्धी श्रेष्ठविरुद्ध काम गरेको आरोप लाग्नसक्ने भन्दै पन्छिए। त्यसपछि समितिका सदस्यहरुको आँखा अर्का सञ्चालक समिति सदस्य एवं अर्थसचिव डा राजन खनालमाथि गयो।

सञ्चालकहरुले प्रष्ट नभने पनि अर्थसचिव खनाललाई पनि गभर्नरकै प्रतिस्पर्धीका रुपमा हेरिएको थियो। यही माघ २० गते स्वाभाविक अवकाश पाउन लागेका खनाललाई चैत ४ गते रिक्त हुन लागेको गभर्नरको दाबेदार मानिएको थियो।

बैठकमा अर्थसचिव खनालले समितिको नेतृत्व गर्न मात्रै अस्वीकार गरेनन्, आफू गभर्नरको कुनै दाबेदार नभएको र गभर्नर बन्ने इच्छा नभएको पनि प्रष्ट बताइदिए। खनालले मुखै खोलेपछि पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुबोधकुमार कर्ण सदस्य रहेको समिति बनाइयो र ३० कार्यदिनभित्र प्रतिवेदन दिन भनियो।

खनाल किन बन्दैनन् गभर्नर?
चालु आर्थिक वर्षको बजेटपछि सरकारले कर्मचारी प्रतिशक्षण प्रतिष्ठानको अध्ययन निर्देशकको लागि विज्ञापन आव्हान गर्‍यो। गत आर्थिक वर्षको समाप्तिसँगै अर्थसचिव खनालले आफूलाई त्यहाँ 'सेटल' गर्न खोजेका थिए।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई जान दिएनन्। अर्थमनत्री खतिवडाले त अनौपचारिक छलफलमा पटक-पटक खनाललाई भावी गभर्नरका रुपमा प्रस्ताव गरिसकेका छन्। यद्यपि खनालले खतिवडाको प्रस्ताव निरन्तर अस्वीकार गर्ने गरेका छन्।

खनालले आफू निकटस्थसँग निजामती सेवाको उच्च पद सचिवबाट अवकाश पाएपछि अर्को कार्यकारी भूमिकामा काम नगर्ने बताउने गरेका छन्। गभर्नर बन्न अस्वीकार गरेपछि खनाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य बनाउने सरकारको तयारी छ।

खनाल ५२ वर्षको उमेरमा निजामती सेवाबाट अवकाश पाउँदैछन्। सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयमै राजस्व सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव हुँदै खनाल अर्थसचिव हुन आइपुगेका हुन्। बरियतामा राष्ट्र बैंकको गभर्नर माथि भए पनि राष्ट्र बैंक सञ्चालक समितिको निर्णय प्रक्रियामा अर्थसचिवको 'डोमिनेसन' कति हुन्छ भन्ने खनाललाई राम्रोसँग थाहा छ।

अर्थसचिव भएर गभर्नर बन्दा भावी अर्थसचिवको आफूमाथि यस्तै 'डोमिनेसन' हुने भएकाले त्यो जिम्मेवारीको कुनै मोह नराखी उनी बसेका छन्।

को बन्नसक्छ गभर्नर?
डेपुटी गभर्नर शिवराज श्रेष्ठको लगभग बहिर्गमनसँगै करिब ४ महिनाअघि नै गभर्नर डा चिरञ्जिवी नेपालको सम्भावित उत्तराधीकारीको चर्चा हुने थालेको छ। यसका लागि अहिलेदेखि नै दौडधुप सुरु भइसकेको राष्ट्र बैंकसम्बद्ध अधिकारीहरु बताउँछन्।

भावी गभर्नरको दौडमा अहिलेसम्म सबैभन्दा अगाडि डेपुटी गभर्नर शिवाकोटी छन्। झापाका शिवाकोटी केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा डेपुटी गभर्नर बनेका थिए। पूर्व नेकपा (एमाले) निकट मानिने शिवाकोटी प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लाबासी भएकाले उनको 'लबिङ' सबैभन्दा बलियो हुने अनुमान गरिएको छ। यद्यपि, अर्थमन्त्री खतिवडाको भने उनी रुचीको पात्र नभएको बताइन्छ।

गभर्नरको दौडमा अहिलेसम्म आफूलाई बलियो ठान्छन्- राष्ट्र बैंकका सञ्चालक सुबोधकुमार कर्ण। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्वअध्यक्षसमेत रहेका उनी पनि आफूलाई प्रधानमन्त्री निकट पूर्व एमालेसम्बद्ध व्यक्तिहरुकै साथ रहेको ठान्छन्। राष्ट्र बैंक सञ्चालक समितिको सदस्य भएदेखि नै उनले आफूलाई गभर्नरको दाबेदारका रुपमा प्रस्तुत गर्ने गरेका छन्।

अर्थमन्त्री खतिवडाको 'जोडबल' चल्ने अवस्थामा गभर्नरको सम्भावित अर्का उम्मेद्वार हुन्- लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी। चार्टर्ड एकाउन्टेन्ट अधिकारीलाई खतिवडाले गभर्नर हुँदा राष्ट्र बैंकमा डेपुटी गभर्नर बनाएका थिए। शिवाकोटी र कर्णको विकल्पका रुपमा अधिकारी बलियो दाबेदार हुनेछन्। अर्थमन्त्री खतिवडाको पनि साथ रहने भएकाले उनलाई पनि शक्तिशाली मानिएको छ।

प्रधानमन्त्री ओलीले पार्टी एकता भए पनि पूर्व नेकपा (माओवादी केन्द्र) समूहलाई अहिलेसम्म ठूलो पदमा जिम्मेवारी दिएका छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगम्म आफ्नै निकटवर्तीलाई प्रमुख बनाएका ओलीसँग नेकपाका अर्का अध्यक्ष पुष्पकलम दाहालले गभर्नरको बार्गेनिङ गर्न सक्छन्। यस्तो अवस्थामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा मीनबहादुर श्रेष्ठको नाम पनि गभर्नरका रुपमा आउनसक्छ।

अर्थमन्त्री खतिवडा गभर्नर हुँदा राष्ट्र बैंकको अनुसन्धान विभागको प्रमुख बनाइएका श्रेष्ठलाई खतिवडाले महाप्रसाद अधिकारी नहुने अवस्थामा स्वीकार गर्न सक्छन्। यस्तो अवस्थामा श्रेष्ठ पनि गभर्नर बन्नसक्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ०८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ?
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्