याँ दिल्ली (एजेन्सी)- बलिउड फिल्म निर्देशक विशाल पान्ड्याको 'हेट स्टोरी' शृंखलाको चौथो भाग 'हेट स्टोरी ४' को रिलिज मिति सारिएको छ।
फिल्म निर्माण युनिटको पछिल्लो निर्णय अनुसार फिल्म मार्च ९ तारिखमा रिलिज हुने भएको हो। उर्वशी रौतेला र करन वाही अभिनीत थ्रिलर फिल्म यसअघि मार्च २ मा रिलिज हुने तय गरिएको थियो।
उर्वशीले ट्विट गर्दै फिल्म ९ मार्चमा रिलिज हुने उल्लेख गरेकी थिइन्।
पान्ड्याले लेखेका छन्, 'भिडन्तबाट बच्नका लागि मिति थोरै पछाडि सारिएको छ। तर, सुरुवात गरेपछि पछाडि हट्नु हुँदैन।'
यस फिल्मबाट पन्जाबी फिल्मकी अभिनेत्री इहाना ढिल्लन बलिउडमा डेब्यू गर्दै छिन्। लन्डनमा सुटिङ गरिएको फिल्ममा सुरज पन्चोली र गुरमीत चौधरी पनि देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।