प्रियंका कार्की नेपाली फिल्मकी सर्वाधिक व्यस्त हिरोइन हुन् । उनी अभिनीत फिल्म दर्जनभन्दा बढी फिल्म दर्शकले निकै रुचाएका छन् ।
स्वस्थ रहन : स्वास्थ्यप्रति निकै सचेत छु । सानो ममी डाक्टर नै भएकाले पनि स्वास्थ्यसम्बन्धी जानकारी लिएकी छु । सामान्य चेकजाँच घरमै हुने भएकाले बेलामै जँचाउँछु।
खानपान : बेलुकी सात बजेपछि खानेकुरा केही खान्नँ । प्रायः सन्तुलित भोजन खाने प्रयास गर्छु । भात त्यति खान्नँ।
त्याग : सोडायुक्त पेय पदार्थ (कोक, फेन्टा, पेप्सी आदि) छाडेकी छु । फ्राइड फुड र जंक फुड पनि खान्नँ । फलफूल बढी खान्छु।
फिटनेस : घरमै जिम मेसिन राखेकी छु । नियमित जिम गर्छु । जिममा पनि कार्डियो गर्न रुचाउँछु । बाहिर हुँदा गीत सुनेर मस्त डान्स गर्छु । फिटनेसप्रति सचेत नै छु।
कमजोरी : मेरो कमजोरी मिठाइ हो । स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि त्यस्ता खानेकुरा खाइहाल्छु।
राम्रो बानी : तौल बढ्न हुन दिन्नँ । यसप्रति सचेत छु।
स्वास्थ्य समस्या : ब्लड प्रेसर लो छ । वर्षको एकपल्ट रुघाखोकी लागिहाल्छ।
अस्पताल भर्ना : एकपल्ट रिंगटा लागेर हस्पिटल पुग्नुपरेको छ । ब्लड प्रेसरकै कारण रिंगटा लागेको रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।