कठमाडौं– फिल्म ‘गाँजा बाजा’को गीत सार्वजनिक भएको छ। फिल्मको ‘रिगीपिटी...’ बोलको नयाँ र रमाइलो गीत सार्वजनिक भएको हो।
निख एन्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा कलाकार अनुपम शर्मा र शुशील सिटौला फिचरिङ छन्।
‘गाँजा बाजा’मा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। फिल्म यही फागुन २५ बाट प्रर्दशनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।