नयाँ दिल्ली (एजेन्सी)– टेलिभिजनकी चर्चित अभिनेत्री श्वेता तिवारीकी १७ वर्षीया छोरी पलक तिवारी यतिबेला निकै चर्चामा छिन्। उनी बलिउडको ‘स्टार छोरी’ हरूको सूचीमा पनि समावेश छिन्।
सोसल मिडियामा प्रायः सक्रिय रहने पलक तस्बिरका कारण पनि चर्चामा रहने गरेकी छिन्। उनले भर्खरै आफ्नो इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी थिइन्, जसलाई धेरैले मन पराएका छन्। पलकको इन्स्टाग्राममा अहिले नै १ दशमलब ७३ लाखभन्दा बढी फलोअर छन्।
आमा श्वेता जस्तै पलक पनि छिटै ग्लामरको संसारमा आउने तयारी गरिरहेकी छिन्। गत वर्ष एउटा समाचार बाहिरिएको थियो, पलक ‘तारे जमिन पर’ फिल्मका चर्चित कलाकार दर्शिल सफारीसँगै फिल्ममा डेब्यू गर्दै छिन्।
पलक आमा श्वेतासँग
पलकको जन्म सन् २००० को अक्टुबरमा भएको हो। उनी श्वेताका पहिलो श्रीमान् राजा चौधरीकी छोरी हुन्। श्वेता र राजाको पारपाचुके सन् २०१२ मा भएको थियो। श्वेताले अभिनव कोहलीसँग दोस्रो बिहे गरिसकेकी छिन्।
पलक ‘क्युं की’ बाट फिल्ममा डेब्यू गर्ने चर्चा पनि उत्तिकै छ। यो फिल्ममा उनको नायकको रुपमा दर्शिल रहेको बताइएको छ। केही दिनअघि मात्र श्वेताले छोरीको डेब्यूको खबर बताएकी थिइन्। तर, उनले फिल्मको नाम भने सार्वजनिक गर्न सकेकी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।