काठमाडौं– अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘नेप्टे’को दोस्रो गीत ‘दिल रानी’ सार्वजनिक भएको छ। क्लब डान्सिङ बेसको यो गीतमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ नाचेका छन्।
चैत ३० बाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको ‘नेप्टे’को गीतमा गायक उदीत नारयण झा र सेलिना कुँवरको आवाज छ। गीतमा सन्तोष राजको संगीत छ। फिल्मको गीतलाई यमनाज मैनालीले लेखेका हुन् भने भिडियोमा कबिराज गहतराजले केरियोग्राफी गरेका हुन्।
देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म ‘नेप्टे’मा अभिनेता दायाहाङ राई, वुद्दि तामाङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायत कलाकारको अभिनय छ।
हरि घले लामाको छाँयांकन रहेको फिल्ममा, किरण माइकलको पटकथा एवं संवाद, रोहित रुम्बाको कथा लेखन र रोहितकै लगानी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।