• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मधुबाला, जसको प्रेममा किशोर कुमारले इस्लाम धर्म अपनाए

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ११, २०७४  १८:१७
1140x725

मुम्बई (एजेन्सी)– मधुबालाको नाम हिन्दी फिल्ममा यस्ता अभिनेत्रीको सूचीमा समावेश छ, जसले आफ्नो पूरै जीवन फिल्ममा समर्पित गरिन्। उनको अद्भूत सौन्दर्यताको चर्चा अहिले पनि हुनेगर्छ। उनी ‘भेनस अफ इन्डियन सिनेमा’ र ‘द ब्युटी अफ ट्रेजेडी’ का नामले चिनिन्छिन्।

मधुबालाको जन्म १४ फेब्रुअरी १९३३ मा भारतको राजधानी दिल्लीमा भएको थियो। उनको सानोको नाम मुमताज जहान देहलवी हो। उनका बुवा अताउल्लाह सुरुमा पाकिस्तानको पेशावरस्थित एउटा चुरोट फ्याक्ट्रीमा काम गर्थे। पछि जागिर छोडेर दिल्ली बस्न आएका थिए। दिल्लीमा पनि मन नलागेपछि उनी परिवार बोकेर मुम्बई लागेका थिए। 

‘भ्यालेन्टाइन्स डे’ को दिन जन्मिएकी मधुबालाको अभिनयमा प्रेम झल्किन्थ्यो। उनलाई बच्चैदेखि सिनेमाको सौख थियो, जुन किशोरी अवस्थामै पूरा भयो। 

मधुबालाले फिल्मी करिअरको सुरुवात सन् १९४२ मा ‘बसन्ती’ बाट गरेकी थिइन्, जुन निकै चर्चित भयो। उनको अभिनयबाट त्यतिबेलाकी चर्चित नायिका देविका रानी पनि प्रभावित भएकी थिइन्। उनले नै मुमताज जेहान देहलवीलाई आफ्नो नाम परिवर्तन गर्दै मधुबाला राख्न सुझाव दिएकी थिइन्। 

सन् १९४७ मा प्रदर्शन भएको फिल्म ‘नील कमल’ मधुबालाले आफ्नो पुरानो नाम मुमताजबाट अभिनय गरेको अन्तिम फिल्म थियो। यो फिल्मपछि उनले आफ्नो नाम मधुबाला राखेकी थिइन्। ‘नील कमल’ मा अभिनय गर्दा मधुबालाको उमेर १४ वर्ष थियो र उनले राजकपुरसँग काम गरेकी थिइन्। 

Ncell 2
Ncell 2

‘नील कमल’ रिलिज भएपछि उनलाई सबैले ‘सौन्दर्य कि देवी’ भनेर सम्बोधन गर्न थालेका थिए। यसको दुई वर्षपछि उनले बाम्बे टाकिजको फिल्म ‘महल’ मा अभिनय गरिन् र फिल्मको सफलतापछि उनले पछाडि फर्किएर हेर्नुपरेन। त्यतिबेलाका चर्चित अभिनेतासँग उनले एकपछि अर्को गर्दै काम गर्ने मौका पाइन्। 

मधुबालाले त्यतिबेलाका सफल अभिनेता अशोक कुमार, रहमान, दीलिप कुमार र देवानन्दसँग काम गरेकी थिइन्। १९५० को दशक उनका केही फिल्म फ्लप भए। असफलताको दिन उनलाई आलोचकहरू भन्ने गर्थे, ‘मधुबालासँग अभिनयको प्रतिभा छैन, उनी आफ्नो सौन्दर्यताका कारण मात्र हिन्दी सिनेमामा टिक्न सकेकी हुन्।’ 

तर, १९५८ मा उनी आफ्नो पुरानै लयमा ‘कम ब्याक’ गरिन्। यही वर्ष उनले ‘फागुन’, ‘हावडा ब्रिज’, ‘काला पानी’ र ‘चलतीका नाम गाडी’ जस्ता सुपरहिट फिल्ममा काम गरिन्। 

उनले १९६० मा भारतीय सिनेमाका चर्चित गायक किशोर कुमारसँग बिहे गरेकी थिइन्। किशोर कुमार उनको प्रेममा यति पागल थिए, उनले मधुबालासँग बिहे गर्न हिन्दू धर्म परित्याग गरी इस्लाम धर्म अपनाएका थिए। किशोर कुमारले आफ्नो नाम परिवर्तन गर्दै करिम अब्दुल नै राखे। 

मधुबाला एउटा भयानक रोगबाट पीडित भइन्। बिहेपछि रोगको उपचारका लागि दुवै लन्डन गए। लन्डनमै उपचारार्थ रहँदा त्यहाँका चिकित्सकले उनी दुई वर्षभन्दा बढी बाँच्न नसक्ने भविष्यवाणी गरे। लगातारको उपचारपछि थाहा भयो, उनको मुटुमा सानो प्वाल परेको थियो। डाक्टरहरूले पनि उनको रोगबाट हरेस खाए र शल्यक्रियाको केही समयपछि २३ फेब्रुअरी १९६९ मा उनको निधन भयो। 

यसबीच उनले अभिनय छोड्नु पर्यो। उनले केही फिल्ममा निर्देशन गर्ने जमर्को पनि गरिन्। उनले १९६९ मा ‘फर्ज’ र ‘इश्क’ जस्ता फिल्ममा निर्देशन गर्दैगर्दा ३६औं जन्मदिन मनाएको ९ दिनपछि उनको निधन भयो। र, ती दुवै फिल्म अधुरा रहे। 

मधुबालाले लगभग ७० वटा फिल्ममा अभिनय गरिन्। जसमा ‘फुलवारी’, ‘नील कमल’, ‘पराई आग’, ‘अमर प्रेम’, ‘महल’, ‘इम्तियान’, ‘अपराधी’, ‘मधुबाला’, ‘बादल’, ‘गेटवे अफ इन्डिया’, ‘जाली नोट’, ‘शराबी और ज्वाला’ निकै चर्चित थिए। उनको निधन भएको ४९ वर्ष बितिसक्दा पनि बलिउडमा उनको सौन्दर्यको चर्चा र तारिफ अहिले पनि हुनेगर्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सुर्खेत र बाँकेमा चुनावी सभा गर्दै कांग्रेस बिहीबार, फागुन १४, २०८२
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस बिहीबार, फागुन १४, २०८२
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन बिहीबार, फागुन १४, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना बिहीबार, फागुन १४, २०८२
प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित, विना मगरलाई समर्थन गर्ने घोषणा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित, विना मगरलाई समर्थन गर्ने घोषणा बुधबार, फागुन १३, २०८२
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ? बुधबार, फागुन १३, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्