काठमाडौं– संगीक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा मार्च ९ देखि कतारमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना हुने भएको छ। देशका चर्चित गायक–गायिका, हास्य कलाकार र नायक–नायिका सहभागी हुने यो कार्यक्रम कुमारी बैंक र बुम रेमिटको सहयोगमा हुनेछ।
कार्यक्रममा चर्चित हास्य कलाकार जितु नेपाल, नायिका निरुता सिंह, अनु शाह, सारिका घिमिरे, गायक अनिल सिंह, युवराज चौलागाईँ, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिका राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, नृत्य निर्देशक तथा मोडल शंकर बीसी सहभागी हुनेछन्। कार्यक्रमको सञ्चालन नरेश भट्टराइले गर्नेछन्।
करिब ५ लाख नेपाली बसोबास गर्दै आएको कतारमा यो कार्यक्रम भव्यरुपमा हुने आयोजकको विश्वास छ। मार्च ९ मा ग्रान्ड मलमा कार्यक्रम आयोजना हुनेछ, जुन कतारको राजधानी दोहामा पर्दछ। जहाँ करिब १ लाख ५० हजारको हाराहारीमा नेपाली बस्दछन्।
‘मार्च ९ मा आयोजना हुने कार्यक्रममा करिब १० हजार नेपालीले प्रत्यक्ष अवलोकन गर्ने विश्वास हामीले लिएका छौँ,' विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।