बिआरआईअन्तर्गत केन्यामा सञ्चालनमा आएको रेल सेवा।
बेइजिङ- ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ कार्यक्रम (बिआरआई) अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैरवित्तीय लगानीका क्षेत्रमा १० अर्ब ४ करोड अमेरिकी डलर खर्चिएको चीनको वाणिज्य मन्त्रालयले शनिबार जनाएको छ।
यो लगानी गत वर्षको सोही अवधि(जनवरीदेखि अक्टोबरसम्म) मा भएको लगानीको तुलनामा ६ प्रतिशतले कमी हो। यो लगानी चीनको गैरनाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हो। सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्यान्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा उत्त लगानी भएको मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ।
वैदेशिक आयोजनाका हकमा यस वर्षको सुरूका ९ महिनामा चिनियाँ उद्योगहरूले ४ हजार ९ सय ४ नयाँ करारमार्फत ८६ अर्ब ८ करोड अमेरिकी डलर बिआरआई कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता गरेका छन्। यो लगानी रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले बढी हो।
नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कूल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ।
बिआरआई कार्यक्रममा जोडिएका मुलुकहरूसँग चीनको वैदेशिक कार्यक्रमका लागि करार भई सम्पन्न भएका आयोजनाको कूल लगानी ५५ अर्ब ८९ करोड अमेरिकी डलर रहेको र यो गत वर्षको अक्टोबरसम्मको तुलनामा ४.४ प्रतिशतले कमी हो। करार भई सम्पन्न भएका आयोजनाको कूल प्रतिशत ५४.७ प्रतिशत रहेको छ। रासस/सिन्ह्वा/तस्बिर-ब्लुमबर्ग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।