नयाँ दिल्ली (एजेन्सी)– नेपालमा यसै महिना सुटिङ गर्न आउन लागेकी बलिउड नायिका दीपिका पादुकोण स्वास्थ्य समस्याका कारण नआउने भएकी छिन्। उनी आउँदो महिना मात्र नेपाल आउने भएकी छिन्।
‘पद्मावत’ को सुटिङमा बढी व्यस्त रहँदा उनको ढाडमा समस्या आएको थियो। अन्डरवल्ड डन सपना दिदीको बायोपिकमा आधारित फिल्मको सुटिङका लागि उनी नेपाल आउँदै थिइन्। फिल्मको सुरुवात नै नेपालबाट हुँदैछ।
विशाल भारद्धाजले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्। दीपिकाको अपोजिट कलाकारको रुपमा इरफान खान काम गर्दैछन्। इरफान पनि अहिले जण्डिसबाट थला परेका छन्।
भारद्धाजले आफ्नो फिल्मको भूमिकामा दीपिकाले धेरै मिहिनेत गर्नु पर्ने र उनी चाँडै थाक्न सक्ने कारण केही समय आराम गर्न चिकित्सकले सुझव दिएको बताए। ‘म दुबैलाई बलियो र फिट हेर्न चाहन्छु,’ उनले भने।
भारद्धाजले एक अन्तर्वार्तामा फिल्मको पटकथा दुई वर्षअगाडि नै लेखिसकेको बताएका थिए। उनले दीपिकासँग काम गर्न पाएकोमा उत्साही भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।