काठमाडौं– फिल्म ‘शत्रु गते’का अभिनेता पल शाहको जन्मदिनमै उक्त फिल्मको गीत ‘रुपै मोहनी’लाई युट्युबमा हेर्ने करोड नाघेका छन् । गत डिसेम्बर २९ मा सार्वजनिक गरिएको गीतलाई तीन महिनामा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका छन् ।
गीतको भ्युज एक करोड भन्दा बढी भएको र मुख्य अभिनेताको जन्मदिनको खुशियालीमा निर्माण पक्षले केक काटेको छ । मदनकृष्ण श्रेष्ठ रहरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेको थियो ।
उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए ।
‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । फिल्ममा हरिवंश आचार्यको कथा छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।