काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा बसेको बैठकले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिति तयसँगै निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गतेका लागि तोकिएको छ ।
यसैगरी, फागुन २३ गते उम्मेदवारको मनोनयन दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने समय तोकिएको छ ।
फागुन २९ गते मंगलबार बिहान १० बजेदेखि ३ः०० बजेसम्म मतदान हुने छ । त्यही दिन ४ः०० बजेबाट मतगणना शुरु हुने आयोगले जनाएको छ ।
मिति तोकिएपछि राष्ट्रपतिका लागि दौडधुप थप बढेको छ। एमालेका नेता झलनाथ खनालले पदमा दाबी गरेका छन्। वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीले नै निरन्तरता पाउने सम्भावना पनि छ। माओवादी नेताहरुले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।