एजेन्सी- फिल्म 'बाहुबली'बाट प्रभास दुनियाँभर 'सुपरस्टार' बने। निर्देशक एस एस राजामौलीको यो फिल्म विश्वभर रिलिज भएको थियो। यसले धेरैको मनसमेत जितेको थियो।
हालै मात्र बाहुबलीलाई लन्डनको रोयल अल्बर्ट हलमा 'स्ट्यान्डिङ अवेसन' नै मिलेको थियो। लन्डनमा भएको उक्त भव्य समारोहमा प्रभास, अनुष्का सेट्टी र दग्गुबत्ती राणाको समेत उपस्थिति रहेको थियो।
उनी भव्य समारोहपछि प्रभास र अनुष्काले स्थानीय पत्रकारसँग कुरा गर्दै बाहुबलीको आफूलाई मन परेको क्षणहरुका बारेमा बताएका थिए। प्रभासले यस फिल्ममा आफ्नो धेरै सम्झनायोग्य क्षणहरु जोडिएको बताए। निर्देशक राजामौलीको समेत उनले प्रशंसा गरेका थिए।
चार वर्ष लगाएर यो फिल्ममा आफूले काम गरेको भन्दै उनले फिल्म मनपराई दिएकोमा सवैलाई धन्यवादसमेत दिए।

अनुष्काले पनि फिल्ममा धेरै यस्ता क्षणहरु रहेको जसमा सम्पूर्ण टिमले मेहनत गरेको स्मरण गरिन्। अनुष्काले आफ्नो हिरो आफ्नै बाबु भएको बताइन्।
बाहुबली र बाहुबली-२ भारतको सवैभन्दा ठूलो बजेटमा निर्माण भएका फिल्महरु हुन्। यी फिल्मको निर्माण र निर्देशन दुवै एस एस राजामौलीले गरेका थिए।
फिल्ममा प्रभासले दोहोरो भूमिका निभाएका छन् भने अनुष्काले बाहुबलीमा प्रभासकी आमा र बाहुबली-२ मा उनकी श्रीमती देवसेनाको भूमिका निभाएकी छिन्। यी दुबैको जोडी धेरै मन पराइएको कारण उनीहरुका बीचमा 'लभ अफेयर'देखि विवाहसमेत हुन लागेकोसम्मका हल्ला चलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।