• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेमार ल्याउन बार्सिलोनाका खेलाडी आफ्नो तलब कम गर्नसमेत तयार

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  १३:३९
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु फ्रेन्च क्लब पिएसजीमा रहेका स्टार स्ट्राइकर नेमारलाई बार्सिलोना फर्काउन आफ्नो तलब कम गर्नसमेत तयार भएका छन्। बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले एक अन्तर्वार्तामा आफूहरु नेमारलाई फर्काउन सम्भव हुनेसम्म सहयोग गर्न तयार रहेको बताएका हुन्।

अहिले चलिरहेको नयाँ सिजन सुरु हुनुअघि नै पिएसजीबाट नेमार बार्सिलोना फर्कने खबरहरु महत्वका साथ फैलिरहेका थिए। तर, पिएसजीले नेमार बेच्न नचाहनु र बार्सिलोनामा नेमारका लागि ठूलो रकम खर्च गर्ने अवस्था नहनु उनका लागि दुःखद बनिदियो र फ्रान्समा नै अड्किएका थिए। 

२०१७ को अगस्टमा फुटबल बजारका ठूला हल्ला, अनेक अनुमान र किनबेचका मोलमोलाइबीच नेमार विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए। 

पिकेले नेमार ल्याउनका लागि आफूहरु तलब कम गर्न मात्रै होइन तलब ढिलो लिन पनि तयार भएको बताएका छन्। ‘हामी हाम्रो सम्झौतामा पुनर्विचार गर्न सक्छौँ, पैसा नै दिएर सहयोग गर्न त सक्दैनौँ तर हामीले हाम्रो तलब ढिलो लिनेगरी क्लबलाई सहयोग भने गर्न सक्छौँ’ पिकेले भनेका छन्। 

‘क्लबका अध्यक्ष जोसेप मारिया बर्टामेउसँग हाम्रो सम्बन्ध राम्रो नै रहेको छ, यसैले हामीले अध्यक्षलाई नेमार ल्याउनका लागि हाम्रोतर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएका छौँ’ उनले भनेका छन्। 

पिकेले नेमार बार्सिलोना आउन असमर्थ भए उनी रियल मड्रिड जाने सम्भावना रहेकोसमेत बताएका छन्। 

बार्सिलोनाले गएको समर ट्रान्सफरका बेला फ्रान्की डि योङ र एन्टोनियो ग्रिजम्यान जस्ता खेलाडी किनेर दुई सय मिलियन पाउण्ड भन्दा धेरै खर्च गरिसकेको छ। यसैले नेमारलाई ठूलो रकम तिरेर ल्याउँदा ‘फाइनान्सियल फेयर प्ले’ नियम तोडिने डर क्लबमा देखिन्छ। 

पिएसजी छाड्न लागिपरेका नेमारले गएको ट्रान्सफरकै समयमा अपुग रकममा २० मिलियन पाउण्डसम्म आफै तिर्न पनि तयार भएका थिए। तर पनि दुई क्लबबीच सम्झौता भने हुन सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

नेमारले जे सोचेर बार्सिलोना छाडेका थिए, पिएजसीमा दुई सिजन त्यो भएन। २०१४ कै विश्वकपमा ब्राजिलियन टिमको भार सम्हाल्ने जिम्मेवारी पाएका उनका लागि २०१८ को विश्वकपमा पनि भनेजस्तो हुन सकेन। 

बार्सिलोनामा लियोनल मेस्सीको छायामा हराएँ कि भन्ने सोचेका नेमार पिएसजीमा पुनः केलियन एमबाप्पेको छायामा परे। पिएसजीलाई च्याम्पियन्स लिग जिताएर फुटबलमा ठूलो मानिने व्यक्तिगत अवार्ड ‘बालोना डिओर’ जित्ने उनको सोच धुमिल भयो। अहिले पनि ‘बालोन डिओर’को शीर्षभित्र मेस्सी देखिइरहँदा नेमार उसैगरी हराइरहेका छन्। 

पिएसजीले चाहेको २ सय ५० मिलियन युरो तिर्न भर्खरै एन्टोनियो ग्रिजम्यान भित्र्याएको बार्सिलोनाका लागि असम्भव बनेको छ। बार्सिलोनाले केही खेलाडी दिएर रकम घटाउन गरेको प्रयास र लोनमा २०२० सम्मका लागि ल्याउने योजना पनि गएको ट्रान्सफरकै बेला तुहिएको थियो। 

नेमारले बार्सिलोनालाई जसरी छाडेर गएका थिए त्यसले बार्सिलोना समर्थकमाझ पनि उनको पुरानो ‘क्रेज’ घटेको छ। नेमार पैसाको पछि लागेको, खेल र क्लबको महत्व नबुझेको, स्टारको वजन धान्न मुस्किल परेको जस्ता अनेक आरोप लगाउने समर्थकको समूह ठूलो छ। यसैले कतिपय नेमारलाई बार्सिलोनाले ल्याउँदा ठूलो खुसी या नल्याउँदा ठूलो नमजामा देखिएका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेजदेखि जेरार्ड पिकेसम्म नेमारको फिर्तीमा लागिपरेका कारण र क्बल सकरात्मक देखिएका कारण उनी फर्कने सम्भावना भने अझै देखिन्छ। 

यो पनि पढ्नुहोस्
भित्री कथा : न बेच्नेको इच्छा न किन्नेको, बीचमा अड्किएका नेमार

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्