• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भित्री कथा : न बेच्नेको इच्छा न किन्नेको, बीचमा अड्किएका नेमार

आफ्नै मैदान पराइ भइदियो!
64x64
नेपाल लाइभ सोमबार, भदौ ३०, २०७६  १७:१०
1140x725

काठमाडौं- गएको सिजन सकिएदेखि नै विश्व फुटबलमा चर्चाको केन्द्रमा रहे नेमार। मुख्य त बार्सिलोना फर्कने उनको इच्छासँगै चल्न थालेको चर्चामै थपिएको थियो बलात्कारको आरोप।

बलात्कारको आरोप झुटो भएको प्रमाणित भइसकेको छ। त्यसमा आरोप लगाउनेविरुद्ध प्रहरीले कारबाहीको तयारी गरेको छ। तर उनको बार्सिलोना फर्कने सार्वजनिक इच्छाले भने अहिलेसम्म पिरोलेको छ। 

लिग वानको खेलमा शनिबार राति पिएसजीले स्टार्सबर्गसँग खेल्यो। जसमा उनै नेमारले इन्जुरी समयमा उत्कृष्ट ओभरहेड गोल गर्दै जित दिलाए। तर, आफ्नो गोलले क्लबलाई जिताएको खुसीभन्दा मैदानमा समर्थकको व्यवहारका कारण नेमारले ठूलो दुःख भोगे। त्यसले १२६ दिनपछि पिएसजीका लागि मैदान जानु तीतो सम्झना बन्यो। 

बार्सिलोना जाने प्रयासमा रहेका उनले च्याम्पियन्स डेस ट्रफीमा रेनेससँगको एक खेलसँगै लिगका सुरुका चार खेल गुमाए।

लिगको पाचौँ खेलमा जब उनी मैदान प्रवेश गरे तब आफ्नै क्लबका समर्थकहरु उनको विरुद्धमा देखिए। खेलभर ठूलो आवाजको होहल्लासँगै नेमारको विरोध भइरहँदा उत्कृष्ट गोलले उनले त्यसलाई केही शान्त पार्ने प्रयास भने गरे। 

‘दर्शकहरुले होहल्लासहित मेरो विरोध गरेको यो पहिलोपटक होइन। यो असाध्यै दुःखद कुरा हो, तर मलाई थाहा छ अब मैले खेल्ने हरेक खेल पराइ मैदानमा खेलेजस्तै हुनेछ’ खेलपछि नेमारले भने। 

जब खेलअघि नेमारको नाम लिइएको थियो, जब खेलिरहँदा बल नेमारसँग हुन्थ्यो, जब उनी कर्नर हान्ने तयारीमा हुन्थे तब तब दर्शकहरुले उनको विरोध गरिरहेका थिए। तर जब उनले अन्तिम समयमा गोल गरे तब उल्लासको स्वर र उनीविरुद्धको हल्ला मिसमास सुनिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

‘मैले भन्नै पर्ने कुरा के भने समर्थकहरुसँग मलाई केही नराम्रो छैन, क्लबका रुपमा पेरिस सेन्ट जर्मेनको विरुद्धमा पनि मेरो मनमा केही छैन। सबैलाई थाहा छ मैले क्लब छाड्न चाहेको थिएँ भन्ने, अब भित्रि कुरा के के भयो भन्ने विस्तृतमा म जान चाहँदिन’ नेमारले भने, ‘यो चर्को चरणमा पुग्ने समय हो, एक पाना अगाडि पल्टाउनै पर्छ। म अहिले पिएसजीको खेलाडी हुँ र खेलका बेला मैदानमा सबथोक लगाएर मेहनत गरिरहने छु।’

शनिबारको खेलमा दर्शकले ठूलो होहल्लासँगै नेमारविरुद्ध निकालेका आवाज त छँदै थिए, त्यसमा नै अझ गालि गरिएका पोस्टर र ब्यानरहरु पनि देखाइएका थिए। 

किन भएन बार्सिलोनासँग सम्झौता?
महिनौँको कुराकानी, सामाजिक सञ्जालमा पोस्टरको बाढी, केही धाक, केही दाबी, दाबीमाथिको अर्को दाबी हुँदाहुँदै समय गुज्रियो र अन्तिम खबर आयो- नेमार अब पिएसजीमै रहने। 

यस्ता खाले हल्ला र दाबीबाट गुज्रिएर पनि नजिक पुगिसकेको एउटा इच्छाइएको सम्झौता तुट्यो। त्यसले आश्चर्यचकित पार्नुका साथै सबैभन्दा ठूलो दुःख उनै नेमारलाई लाग्यो। 

कुनै पनि कुराको किनबेचका लागि महत्वपूर्ण कुरा हुन्- बेच्न चाहनेको इच्छा र किन्न चाहनेको इच्छा। नेमारको अवस्थामा त्यो दुबै थिएन। न त पिएसजीलाई नेमार बेच्ने इच्छा थियो, न त बार्सिलोनालाई नेमार किनिहाल्ने इच्छा। यो एउटा बुझिएको अविश्वास जस्तै थियो। त्यही अविश्वास साथ सुरु भएको किनबेचको नाटकीय प्रक्रियाको अन्त्य योभन्दा अरु हुनै सक्दैन। 

नेमार पिएसजीबाट बार्सिलोना जाने सम्झौता गएको सिजन सकिएपछि सुरु भएको खेलाडी किनबेचको समयदेखि नै तोड्नकै लागि बुनिएको एउटा योजना जस्तो थियो। 

कुनै पनि कुराको किनबेचका लागि महत्वपूर्ण कुरा हुन्- बेच्न चाहनेको इच्छा र किन्न चाहनेको इच्छा। नेमारको अवस्थामा त्यो दुबै थिएन। न त पिएसजीलाई नेमार बेच्ने इच्छा थियो, न त बार्सिलोनालाई नेमार किनिहाल्ने इच्छा। 

अझ गहिरिएर हेर्ने हो भने नेमारलाई बार्सिलोनाले साच्चै किन्न चाहेको छ भन्ने पिएसजीले कहिल्यै सोचेन, नेमारलाई पिएसजीले बेच्छ भन्ने बार्सिलोनाले कहिल्यै सोचेन। 

यो एउटा बुझिएको अविश्वास जस्तै थियो। त्यही अविश्वास साथ सुरु भएको किनबेचको नाटकीय प्रक्रियाको अन्त्य योभन्दा अरु हुनै सक्दैन। 

२०१७ को अगस्टमा २०० मिलियन पाउण्ड कीर्तिमानी रकममा बार्सिलोना छाडेर पीएसजी पुगेका थिए नेमार। गएको अप्रिलमा एउटा खबर खुब चर्चामा थियो- ‘नेमार पिएसजीसँगको सम्झौता नवीकरण गर्ने छलफलमा छन्।’

दुर्भाग्यवश त्यतिबेलाका केही साना घटनाहरु छन् जसले नेमारलाई दुःखी बनाएको थियो। त्यसमा पिएसजीले गरेका वाचाहरु पूरा नहुुनु, मैदानमा केही समर्थक सधैँ उनको विरुद्धमा हुनु, पेनाल्टी कसले हान्ने भन्नेदेखि अन्य विषयमा इडिसन काभानीसँगको बेमेल, बढी चर्चामा देखिएका केलियन एमबाप्पे जस्ता कारण छन्। 

गएको जनवरीमा स्टार्सबर्गलाई २-० ले हराएको खेलमा केही सेकेण्डका अन्तरमा नेमारविरुद्ध भएका फोउलले उनी आँसु निकाल्दै मैदानबाट बाहिरिएका थिए। त्यसबेला स्टार्सबर्गका खेलाडीले उनलाई भनेका थिए- ‘यस्तो रुन्चे हुन आवश्यक छैन।’ तर, उक्त खेलमा घाइते भएका नेमारले त्यसपछि १८ खेल गुमाए। जसमा च्याम्पियन्स लिग नकआउटका खेल पनि थिए। 

पिएसजीमा विश्व क्लब फुटबलको उत्कृष्ट खेलाडीहरु जम्मा भए पनि त्योअनुसार अगाडि बढ्ने अवसर भने देखिएको छैन। एक त कमजोर लिग वानमा प्रतिस्पर्धा गर्दा सधैँको विजेता अर्को त त्यसैका कारण दिक्क लाग्ने वातावरणको सिर्जना हुन पुग्यो। 

नेमार पेरिसलाई मन पराउँछन्- कसलाई मन नपर्ला? यसैले त क्याम्प नाउ फर्कने यतिका सवाल जवाफ र प्रयास भइरहँदा पनि उनी पिएसजीमा आफ्नो मेहनत लगाउनुपर्छ भन्नेमा सधैँ छन्। तर जब बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलमा लिभरपुलसँग पराजित भयो तब केही घटनाहरुको फरक शैलीमा विकास भयो। 

बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँगै जेरार्ड पिके, सर्जियो बुस्केट्स, सर्जि रोबर्टो र लुइस स्वारेजलाई क्लबका अध्यक्ष जोसेप मारिया बर्टामेउले बताएका थिए कि- बार्सिलोना नेमारलाई ल्याउने प्रयासमा छ र उनी बार्सिलोना फर्कने शतप्रतिशत पक्का छ।

यही खबर नेमारसँग निरन्तर कुराकानी गरिरहने मेस्सी, पिके र स्वारेजले पनि उनलाई सुनाए। ‘तिम्रो लागि बार्सिलोना फर्काउने प्रयास भइरहेको छ।’ खेलाडीहरुमा विश्वास थियो नेमारको वापसीले क्याम्प नाउमा च्याम्पियन्स लिगको उपाधि फर्काउन सहज हुनेछ। यस्तो प्रस्ताव सुन्दा नेमार पनि बार्सिलोना फर्कने आफ्नो इच्छामा अझ दृढ भएका थिए। 

३२ वर्षका मेस्सीले त आफूले खेल्न छाडेपछि पनि क्याम्प नाउको केन्द्रमा रहेर नेमारले क्लबलाई अगाडि बढाउन सक्छन् भन्नेसम्मको प्रस्ताव व्यवस्थापन समक्ष राखेका थिए। त्यसैले नेमार लागि प्रयास देखिने गरी नै सुरु भयो। 

राकिटिक र टोडिबो पिएसजी जान तयार भए पनि डेम्बेले त्यसका लागि कहिल्यै तयार थिएनन्। यसमा लागिपरेका बार्सिलोनाका अधिकारीहरु भने डेम्बेलेलाई मनाउन सक्ने विश्वासमा थिए। डेम्बेले र पिएसजीका प्रशिक्षक थोमस टचेलबीच विभिन्न चार पटक कुराकानी भएको पनि थियो। तर डेम्बेलेका लागि पिएसजीमा के हुने भन्ने विश्वस्त प्रस्ताव कहिल्यै भएन। 

ठिक त्यहि ताका हो, बार्सिलोनाका सिनियर खेलाडीहरु एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजम्यानलाई ल्याउन नहुने पक्षमा देखिएका थिए। तर, त्यसअघि नै ग्रिजम्यानसँग सम्झौता भइसकेको लिखित कागजात नै भइसकेको हुँदा त्यो सम्भावना भने रहेन। नेमारको पक्षमा रहेकाहरुलाई डर थियो यदि ग्रिजम्यानलाई ल्याउने हो भने नेमारका लागि आवश्यक रकम बार्सिलोनासँग हुनेछैन। 

हुन पनि ग्रिजम्यानलाई ल्याउनका लागि १२० मिलियन युरो तिर्दा बार्सिलोनाले ३५ मिलियन युरो त बैंकबाट ऋण लिएको थियो। त्यस्तोमा नेमारलाई ल्याउनका लागि आवश्यक रकम पुग्छ भन्ने कल्पनासम्म थिएन। 

यस्तो स्थितिमा पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोको सार्वजनिक अभिव्यक्तिका कारण रिसाएका नेमारले उनीसँग कुराकानी नै गर्न छाडिदिएका थिए। त्यसको छनका पाएका लियोनार्दोले आफूले ब्राजिलका बारेमा बोलेका कुरा नकरात्मक रहेको महसुस भने गरेका थिए। जे भए पनि उनीहरु यत्तिकै नेमारलाई क्लब छाड्न दिने पक्षमा सुरुदेखि नै थिएनन्।

सिजन सुरु हुनै लागिसक्दा पनि बार्सिलोनाबाट नगएको लिखित प्रस्तावका कारण पिएसजीका पदाधिकारीले नेमारसँग भेटेर क्लबमै रहन उनलाई एक हदसम्म सम्झाइसकेका थिए। त्यही बेला हो लियोनार्दोले नेमारसँग क्लब छाड्न चाहँदिन भन्ने विषय सार्वजनिक गर्न आग्रह गरेका थिए। तर नेमारले आफू पिएसजीमा खेल्न तयार रहेको तर क्लब छाड्न चाहँदिन भन्ने विषयमा सार्वजनिक रुपमा नबोल्ने बताइदिए। 

यतिबेलासम्म नै पनि बार्सिलोनामा रहेका नेमारका साथीहरु उनका लागि सम्झौता हुनेमा विश्वस्त थिए। नेमारसँग पनि उनीहरुको कुराकानी त्यही अनुरुप नै हुन्थ्यो। बार्सिलोना सम्झौतासम्म पुग्ने हुँदा पिएसजीमा थप केही नगर्न उनीहरु नेमारलाई भनिरहेका हुन्थे।

तर, बार्सिलोनाले सुरुदेखि आलटाल गरेर अन्तिम समयतिर आफूहरु कति जिम्मेवार भएर नेमार ल्याउन लागिपरेका छौँ भन्ने देखाउन मात्रै चाहेका थिए। यसैले उनीहरु आफैले नै बार्सिलोनाको एक टिम नेमारका लागि पेरिस गएको खबर चुहाएका थिए, जसले देखिएको थियो बार्सिलोना राम्ररी लागिपरेको छ। 

मुख्यतः के भने नेमारलाई पिएसजीबाट फर्काउने हो भने लगभग २१५ मिलियन युरो खर्च हुने बार्सिलोनाले राम्ररी बुझेको थियो। त्यसमा नेमारका लागि दिने रकमसँगै पिएसजीले माग गरेको केही खेलाडीको हिसाब समेत थियो। 

यसैका बीचमा २७ अगस्टमा बार्सिलोनाले नेमारका लागि एकमात्र लिखित प्रस्ताव राखेको थियो। ११५ मिलियन युरो तिर्ने त्यसमा थप १५ मिलियन युरो बोनसका रुपमा र अरु तीन खेलाडी दिने। 

फ्रान्की डि योङलाई नेदरल्याण्ड्सको क्लब आयाक्सबाट ल्याउने समयमा समेत बार्सिलोना अध्यक्ष बोर्टामेउ आफै लागिपरेर सम्झौताका लागि गएका थिए। जब कि डि योङ बार्सिलोना आउन राजी नै थिए। तर नेमारका लागि बर्टामेउले न त पिएसजी अध्यक्ष नासेर अल खेलाफीलाई भेटे न त नेमारका बुबालाई न त नेमारलाई नै भेटे। 

यही प्रस्तावपछि नै नेमार बार्सिलोना जाने पक्का भएको खबरहरु बाहिरिएका थिए। बार्सिलोनाको प्रस्तावमा रहेका तीन खेलाडीको रोजाइमा पिएसजीले जिएन क्लेर टोडिबो, इभान राकिटिक र उसमान डेम्बेले माग गरेको थियो। तर उनीहरुले नै केही समयमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गर्दै भने- ‘नन मर्सी’ अर्थात् ‘हुँदैन, धन्यबाद।’

राकिटिक र टोडिबो पिएसजी जान तयार भए पनि डेम्बेले त्यसका लागि कहिल्यै तयार थिएनन्। यसमा लागिपरेका बार्सिलोनाका अधिकारीहरु भने डेम्बेलेलाई मनाउन सक्ने विश्वासमा थिए। डेम्बेले र पिएसजीका प्रशिक्षक थोमस टचेलबीच विभिन्न चार पटक कुराकानी भएको पनि थियो। तर डेम्बेलेका लागि पिएसजीमा के हुने भन्ने विश्वस्त प्रस्ताव कहिल्यै भएन। 

यस्तोमा नेमारका लागि बार्सिलोना र पिएसजीबीच उम्, अँ, हुन्छ, तयार शैलीका अनेकौँ बहानाबाजी चलि नै रह्यो। त्यही समय पिएसजीले एक्कासी सम्झौता नजिक देखिएको प्रस्ताव फेर्दै भन्यो- तीन खेलाडीसहित १३० मिलियन युरोले हुँदैन १५० मिलियन युरो चाहिन्छ। 

त्यसमा पिएसजीले माग गरेको थप २० मिलियन युरो नेमार आफैले तिर्ने बताइदिए। तब पिएसजीका लागि संकट आइपरेको थियो। केही समयपछि पिएसजीले भन्यो– फ्रेन्च फुटबल फेडेरेसनले यसरी खेलाडीलाई आफ्ना लागि पैसा तिर्ने छुट दिएको छैन। 

यसैमा बीचमा दाउ हान्दै पसेको थियो स्पेनिस क्लब रियल मड्रिडसँगै इटालियन क्लब युभेन्टस। 

मड्रिडले १०० मिलियन युरोसहित ग्यारेथ बेल, जेम्स रोड्रिग्वेज र केलर नाभास दिने प्रस्ताव गरेको थियो। त्यसमा नेमारलाई सस्तोमा लैजाने र आफूहरुले व्यवस्थापन गर्ने तयारी गरेका खेलाडी पनि पाखा लाग्ने मड्रिडको प्रस्ताव पिएसजीले स्वीकार गरेन। 

युभेन्टसले १०० मिलियन युरोसँगै फरवार्ड पाउलो डिबाला दिने प्रस्ताव गरेको थियो। त्यो पनि पिएसजीले स्वीकार गरेन। 

उतारचढावको हद भइसकेपछि नेमारले भनेका थिए- चाहे बार्सिलोना होस् या रियल मड्रिड तर म स्पेन फर्कन चाहन्छु। 

तर पिएसजीले आफूलाई बेच्न नचाहेको मात्रै बुझेका नेमारले बार्सिलोनाले आफूलाई लैजान सक्ने पर्याप्त प्रयास नगरेको भने कहिल्यै बुझेनन्। 

यो पनि पढ्नुहोस्- जो नेमारबारे निर्णय गर्छन् 

फ्रान्की डि योङलाई नेदरल्याण्ड्सको क्लब आयाक्सबाट ल्याउने समयमा समेत बार्सिलोना अध्यक्ष बोर्टामेउ आफै लागिपरेर सम्झौताका लागि गएका थिए। जब कि डि योङ बार्सिलोना आउन राजी नै थिए। तर नेमारका लागि बर्टामेउले न त पिएसजी अध्यक्ष नासेर अल खेलाफीलाई भेटे न त नेमारका बुबालाई न त नेमारलाई नै भेटे। 

यसमा बर्टामेउका लागि जितकै अवस्था भयो। उनले अहिले भन्न पाएका छन्- ‘हामीले नेमारका लागि कत्रो प्रयास गरेका थियौँ।’ र जसले क्लबभित्र नेमारलाई ल्याउन नहुने बहस गरिरहेका थिए उनीहरुको नजरमा पनि बर्टामेउले ‘हेर हामीले ल्याएनौँ’ को शैलीमा शीर ठाटो गरे। नेमारलाई ल्याउनेमा मात्रै होइन ल्याएपछि उनलाई दिइने तलब क्लबका अरु खेलाडीसँग मिलाएर राख्न सम्भव हुँदैन भन्नेमा बर्टामेउ थिए। 

अब बार्सिलोनामा नेमारलाई फर्काउन चाहेका खेलाडीहरुले के गर्लान् हेर्न बाँकी छ। मेस्सीले त नेमारबिना पनि बार्सिलोना बलियो क्लब रहेको भन्दै उनका लागि ब्यवस्थापनले राम्ररी प्रयास नै नगरेको बताइसकेका छन्। 

२०१६-१७ को च्याम्पियन्स लिगमा पिएसजीलाई नै हराउँदाको क्षण आफ्नो फुटबल जीवनको सबैभन्दा खुसीको क्षण बताउने नेमारले पिएसजी समर्थकको मन जित्न सक्लान्? 

नेमार यसको जवाफ आफ्नो खेलले दिन चाहन्छन्। ५८ खेलमा ५२ गोल र २७ गोलमा पास मिलाएर उनले खेलबाटै बोलिरहेका पनि छन्। तर, नेमार पिएसजी आएपछि ११२ खेल भइसके पनि उनको घाइते हुने समस्याले भने पिरोलिरहेकै छ। 

(यो सामग्री बिबिसी, मार्का, गार्जियन र इएसपिएनमा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार पारेका हुन्।)
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्