• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वस्तरीय खेलाडीको भित्री पाटो : जो नेमारबारे निर्णय गर्छन् 

64x64
नेपाल लाइभ बुधबार, साउन २९, २०७६  १७:५२
1140x725

काठमाडौं - फुटबलमा महत्वपूर्ण खेलमा जितको आधार तयार गर्न सक्ने खेलाडीका लागि अंग्रेजीमा एउटा वाक्यांश छ ‘वल्र्ड क्लास प्लेयर’, अर्थात विश्वस्तरीय खेलाडी। जब कि टिमका अरु खेलाडी बरु एक कदम पछि हट्न सक्छन् तर, गजव प्रतिभा हुनेहरु फर्कंदैनन्। आफ्नो पक्षमा नतिजा ल्याउन खेलको हद पार गरिदिन्छन्।  

जितको भोकमा जादुयी परिवर्तन त्यस्ता खाले प्रतिभाको प्रमुख आधार बनेको हुन्छ, जसले  विश्वस्तरीय खेलाडीको परिचय दिन्छ। त्यस्तै परिचय बनाएका एक खेलाडी हुन्, नेमार दा सिल्भा सान्तोष जुनियर।

नेमारको विश्वस्तर बुझ्न सकिने खेल धेरै छन्, तर त्यसमध्ये एउटै काफि छ - बार्सिलोनाले २०१६/१७ को च्याम्पियन्स लिग अन्तिम १६ मा पिएसजीलाई ६-१ ले हराएको खेल। 

नेमारले त्यसबेला फसिसकेको बार्सिलोनाको गलामा समातेर यसरी उतारे कि सम्पूर्ण फुटबल समर्थकमाझ उत्कृष्ट वापसीको चर्चा चल्यो। ४-० ले हारेको पहिलो लेगपछि पनि दोस्रो लेगको ८७ औँ मिनेटसम्म ३-१ मा रहेको बार्सिलोनाको जित असम्भव देखिएको थियो।

तर, ८८ औँ र ९१ औँ मिनेटमा नेमारको गोलसँगै ९६ औँ मिनेटमा उनैको उत्कृष्ट पासमा रोबर्टोको गोलले समग्रमा ६-५ ले जित्दै बार्सिलोनाले इतिहास लेख्यो। 

खेलपछि पिएसजीका मार्को भेराटीले भनेका थिए - ‘बार्साका धेरै खेलाडीले त अब सकिँदैन भनेर हार स्वीकार गरिसकेका थिए, तर नेमारमा जितको विश्वास मरेको थिएन।’ यसैले नेमारलाई अहिलेसम्म पनि मन पर्ने कुनै खेल सोध्ने हो भने यही खेल सम्झन्छन्। 

नेमार ब्राजिल साओ पाउलो नजिकै मोगिडसमा सडकमा फुटबल खैल्दै हुर्किएका खेलाडी हुन्। सानोमा नै फुटसलमा लागेकाले उनको फुटबलमा फुटसलका कला पनि देखिन्छ। फुटसलकै उनको कला देखेर ११ वर्षका उनलाई २००३ मा युवा खेलाडीका रुपमा सान्तोषले भित्र्याएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

२००९ मा सान्तोषको सिनियर टिमबाट व्यावसायिक क्लब फुटबल सुरु गरेका नेमारले पहिलो सिजनमा नै ४८ खेलमा १४ गोल गरेका थिए। २०१० को अगस्टमा अमेरिकासँगको खेलमा पाँच पटक विश्वकप विजेता ब्राजिलको राष्ट्रिय टिममा डेब्यू गरेका नेमारको उतिबेलै पेले जस्ता आदर्श व्यक्तिले तारिफ गरेका थिए। 

२०११ मा विश्वकै उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्ड जितेपछि त नेमारको चर्चा अझ चुलिएको थियो। फुटबल खेल्न थालेदेखि हरेक सयम चर्चामा रहेका नेमार स्पेनिस क्लब बार्सिलोना पुगेपछि त अझ फुटबल समर्थकको चासोका विषय बने।

उनै नेमार २०१७ को अगस्टमा फेरि चर्चामा केन्द्रमा रहे। यसपटकको उनको चर्चा मैदानभन्दा बाहिरको थियो। फुटबल बजारका ठूला हल्ला, अनेक अनुमान र किनबेचका मोलमोलाइबीच अन्ततः विश्व कीर्तिमानी २२२ मिलियन युरोमा नेमार बार्सिलोनाबाट पिएसजी पुगे। 

नेमारले जे सोचेर बार्सिलोना छाडेका थिए, पिएजसीमा दुई सिजन त्यो भएन। २०१४ कै विश्वकपमा ब्राजिलियन टिमको भार सम्हाल्ने जिम्मेवारी पाएका उनका लागि २०१८ को विश्वकपमा पनि भनेजस्तो हुन सकेन। 

बार्सिलोनामा लियोनल मेस्सीको छायामा हराएँ कि भन्ने सोचेका नेमार पिएसजीमा पुनः केलियन एमबाप्पेको छायामा परे। पिएसजीलाई च्याम्पियन्स लिग जिताएर फुटबलमा ठूलो मानिने व्यक्तिगत अवार्ड ‘बालोना डिओर’ जित्ने उनको सोच धुमिल भयो। अहिले पनि ‘बालोन डिओर’को शीर्षभित्र मेस्सी देखिइरहँदा नेमार उसैगरी हराइरहेका छन्। 

यस्तै कारणहरु छन् जसले अहिले फुटबल लिगको नयाँ सिजनअघि नेमार पुनः विश्व फुटबलको चर्चाको केन्द्रमा छन्। पिएसजीबाट बार्सिलोना फर्कने उनको चाहनामा उस्तै खाले फुटबल बजारका ठूला हल्ला, अनेक अनुमान र किनबेचका मोलमोलाइ भइरहेका छन्। 

पिएसजीले चाहेको २५० मिलियन युरो तिर्न भर्खरै एन्टोनियो ग्रिजम्यान भित्र्याएको बार्सिलोनाका लागि असम्भव बनिरहेको छ। बार्सिलोनाले केही खेलाडी दिएर रकम घटाउन गरेको प्रयास र लोनमा २०२० सम्मका लागि ल्याउने योजना पनि छलफलमा मात्रै छ। 

अझ रियल मड्रिडले पनि बीचमा दाउ हानिदिएपछि पिएसजीसँगको सम्झौता कठिन बनेको छ। तर, यो तलमाथिका बीच नेमार र बार्सिलोनाका लागि एउटै सकारात्मक कुरा छ - नेमार बार्सिलोना जान चाहनु र बार्सिलोनाले नेमार ल्याउन चाहनु। जसले ढिलो चाँडो उनको बार्सिलोना फिर्ती पक्का छ। 

नेमारले बार्सिलोनालाई जसरी छाडेर गएका थिए त्यसले बार्सिलोना समर्थकमाझ भने उनको पुरानो ‘क्रेज’ घटेको छ। नेमार पैसाको पछि लागेको, खेल र क्लबको महत्व नबुझेको, स्टारको वजन धान्न मुस्किल परेको जस्ता अनेक आरोप लगाउने समर्थकको समूह ठूलो छ। यसैले कतिपय नेमारलाई बार्सिलोनाले ल्याउँदा ठूलो खुसी या नल्याउँदा ठूलो नमजामा हुने छैनन्। अझ नेमारको प्राय समय घाइते भएर मैदानबाहिर बित्ने भएकाले पनि उनको आवश्यकता नरहेका तर्कहरु पनि छन्। 

जो नेमारबारे निर्णय गर्छन्

नेमारका बुबा नेमार सान्तोष कुनै समयका फुटबल खेलाडी नै थिए। उनको सपना विश्व फुटबलमा ‘स्टार’ खेलाडी बन्ने थियो। ब्राजिलमा केही लिग फुटबलसम्म खेल्न सकेका उनी युवा उमेरमा नै कार दुर्घटनामा परेपछि त पूर्णरुपमा मैदानबाहिर परे। यसैले उनले आफ्नो सपना नेमारमार्फत पूरा गर्न चाहेका छन्, गरिरहेका पनि छन्। 

नेमारका बुबा आफूले ३२ वर्षको उमेरमा फुटबल छाड्दा आफूसँग एक सुका पैसा पनि बाँकी नभएको भुल्दैनन्। त्यसैले उनी अहिले नेमारको खेलसँगै पैसामा विशेष चासो राख्छन्। उनलाई नजिकबाट चिन्नेहरु भन्छन् – प्रायः त नेमारका लागि उनको निर्णय दबावपूर्ण पनि हुने गर्छ। 

नेमार ब्राजिलियन क्लब सान्तोषमा रहँदा क्लबका अध्यक्ष थिए, लुइस अल्भारो दि ओलिभेरा रिबेरो। उनी असाध्यै हँसमुख मान्छे, खुब रमाइलो गर्नुपर्ने। त्यही स्वभावले पदाधिकारी, पत्रकारदेखि खेलाडीसम्म उनको सम्बन्ध असाध्यै सुमधुर रहन्थ्यो। नेमारसँग त उनको सम्बन्ध पारीवारिक नै थियो।  

अल्भारो नेमारका बुबाका पनि सुरुवाती दिनमा प्रशंसक नै थिए। तर २०१६ को अगस्टमा क्यान्सरका कारण ज्यान गुमाएका उनले मृत्युसँग लडेका अन्तिम दिनहरुमा पनि नेमारका बुबाको विश्वासघात बारे बोलिरहेका हुन्थे। उनले मर्नुभन्दा केही दिनअघि दुई पाना लामो विचार नै लेखेका छन् जसमा नेमारका बुबाको धोका सामेल छ। 

सबका प्रिय अल्भारो मात्रैले होइन सुरुवाती दिनमा नेमारको आर्थिक अधिकार भएका ब्राजिलका ठूला व्यवसायी डेलसिर सोन्डा, पहिले नेमारको कानूनी पाटो हेर्ने इडुआर्डो मुसा, नेमारको बार्सिलोना सम्झौतामा ठूलो भूमिका खेल्ने एजेन्ट मार्कस मालाक्विस जस्ता नाम धेरै छन् जो नेमारका बुबाको धोकाबारे सुनाइरहेका हुन्छन्।

नेमारका बुबा अझै फेरिएका छैनन्। छोराको आलोचना गर्नेसँग स्टेडियममा नै झगडा गर्न तम्सने उनको स्वभाव अहिले पनि क्यामरा अगाडिसमेत उस्तै व्यवहार देखाइदिन्छन्। यसैले त उनका प्राय सम्बन्धहरु सुमधुर रहँदैनन् जसले नेमारका लागि बढ्ने ‘पुल’ समेत भत्किइरहेको हुन्छ। 

नेमारका लागि गर्ने निर्णयलाई लिएर भएका आलोचनामा एकपटक त उनले अमाचकारी गालि नै गरिदिए, उनले भनेका थिए - ‘अ मदर फ.. फर देम, एण्ड द बेस्ट फर मि एण्ड माई क्लाइन्ट्स।’ उनको यो गाली त्यसबेला सान्तोषलाई लिएर थियो । यही गालि २०१७ मा बार्सिलोनाले जोडेर हेर्न सक्यो र अहिले पिएसजी यस्तै गालिको नजिक छ। 

तर, २७ वर्षका नेमारका लागि समय अहिले उही छैन। उनी सान्तोषबाट बार्सिलोना जाँदा र बार्सिलोनाबाट पिएसजी जाँदा विश्वस्तरीय क्लबको नजरमा थिए। अहिले त ला लिगाबाहेक अन्त उनको खोजी छैन। व्यवहारको समस्या, चोटयुक्त समय र च्याम्पियन्स लिगको संघर्ष जस्ता अनेक कारणले नेमार फिफाको उत्कृष्ट खेलाडीको सूचीमा लगातार दोस्रो वर्ष उत्कृष्ट १० भित्र पनि पर्न सकेका छैनन्। 

गएको हप्ता नेमार बाहिर रहेको खेलमा पनि पिएसजी समर्थकले ठूलो ब्यानरमा नेमारलाई यहाँबाट भागिहाल भनेजस्तो सन्देश लेखेर अपमानित हुने व्यवहार गरे। यसमा धेरैले दोष नेमारका बुबातिर नै देखाइरहेका छन्। छोरालाई आफ्नो निर्णय आफै लिन नदिने भन्दै उनको आलोचना हुने गरेको छ। तर जसले जेसुकै आरोप लगाइरहे पनि नेमारका बुबा उनको व्यवस्थापनमा मरिमेटेर लागिरहेका छन् र धेरै हदसम्म सफल पनि छन्। 

ब्राजिलियन पत्रिका युओएलका पेरिस संवाददाता जाओ हेनरिक नेमार र उनको पिताको सम्बन्ध सानोदेखि नै यसैगरी विकास भएको र पछिसम्म उस्तै रहने विश्लेषण गर्छन्। ‘पहिलोपटक मैले नेमारसँग कुरा गर्दा उनी १४ वर्षका मात्रै थिए, मैले उनको बुबालाई फोन गरेको थिएँ अनि उनीसँगको कुराकानीपछि फोन छोरालाई दिएका थिए, अहिलेसम्म पनि अवस्था यस्तै नै छ’ उनले भनेका छन्, ‘अहिले पनि नेमारको अन्तर्वार्ता लिनुअघि उनको बुबालाई सोध्नुपर्छ, छोराको प्रेमसम्बन्धका निर्णयसमेत उनी नै गर्छन्।’

नेमार अहिले मैदानमा खेलिसकेर निस्किएपछि ‘लकर रुम’मा पुग्नेवित्तिकै पहिलो मोबाइल हेर्छन् जसमा उनको बुबाको केही न केही सन्देश आएकै हुन्छ। खेल राम्रो भएकादेखि कहाँ कहाँ गल्ती भएको थियो भन्ने सन्देश उनका बुबा मोबाइलमै समेत पठाउँछन्। नेमारका लागि उनका बुबा नै सबैभन्दा ठूला प्रेरक हुन् र सबैभन्दा मुख्य आलोचक पनि। 

नेमार बार्सिलोना हुँदा उतै रहेका र उनी पेरिस पुगेपछि पेरिसमै रहेका ब्राजिलियन पत्रकार मार्कस नेमारको फाइदा अरुले उठाउला कि भन्ने डरमा उनका बुबा सधैँ रहिरहने बताउँछन्, ‘नेमारको खेल सानै उमेरमा उनका बुबाले बुझेका थिए, नेमारले राम्रो खेल्दै जाँदा मान्छेहरुले भनेका अनेका कुरा उनले सुन्न थाले, त्यसले पनि उनको डर बढ्न थाल्यो र थोरै मानिसको वरपर रहेर धेरैलाई शत्रु जस्तो बनाए। उनको रणनीति पैसाको वरपर रहन्छ, जसमा सबै बागडोर सम्हाल्ने गरी।’ 

२०११ मा नै ग्याजेट प्रेससँगको एउटा अन्तर्वार्तामा नेमारका बुबाले नेमार घरमा हुँदासम्म आफ्नो छोरा र घरबाट निस्केपछि ब्यापार रहेको अन्तर्वार्ता नै दिएका थिए। जसले त्यो समय सनसनि नै मच्चिएको थियो। ब्राजिलियन पत्रिकाहरु नै नेमारले विज्ञापन र ब्राण्डबाट कमाउने रकममो ८५ प्रतिशत त एनआर स्पोर्टस् कम्पनीमा जाने बताउँछन्, जसको प्रमुख नेमारका बुबा र उनका आमा छन्।   

जतिसुकै ‘लोभि’ भए पनि नेमारको किनबेचमा अहिलेसम्म उनका बुबा सक्षम रहेको उनलाई नजिकबाट चिन्नेहरु पनि स्वीकार्छन्। फुटबलका ख्यातिप्राप्त मानिसहरुसँगको भेटघाट, कुराकानीबाट उनले खेल ब्यवस्थापनबारे पनि धेरै नै ज्ञान पाइसकेका छन्। उनीसँग कुरा गर्नेहरु उनको बिद्वता बढेको देखेर दंग पर्छन्। 

नेमारका बुबा चर्चामा रहन मानिसको सम्मान पाउन रुचाउँछन् तर त्यो अनुसार व्यवहार भने गर्दैनन्। यसैले धेरैले नेमारलाई फर्मुला वानका खेलाडी लेविस ह्यामिल्टनले जसरी नै आफ्नो बुबालाई एजेन्टको भूमिकाबाट हटाउनुपर्ने सुझाव दिन्छन्। तर नेमार अझै आफ्नो बारे बुबाकै निर्णयमा भर परिरहेका छन्। किनभने उनी बुबालाई माया र सम्मान गर्छन्। 

(यो सामग्री गार्जियन, बिबिसी, सिएनएन, दिज फुटबल र ब्याक पेजमा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार पारेका हुन्। तस्बिहरु गेटी इमेज, बिबिसी र डेली मेलबाट लिइएका हुन्।) 

 
 

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्