मुम्बई (एजेन्सी)– दीपिका पादुकोण अभिनित फिल्म ‘पद्मावत’ ले ठूलै सफलता पाएको छ। फिल्मको सुटिङमा नै दीपिकाको अभिनयबाट प्रभावित भएर निर्देशक सन्जय लिला भन्सालीले ५ सय रुपैयाँको नोट बक्सिस दिएका थिए।
आफूले दिएको नोटले दीपिकाको करिअरमा करोड भन्दा बढीको अर्थ राख्ने भन्सालीले बताएका छन्। उनी भन्छन्– ‘दीपिका राम्रा अभिनेत्री मध्ये पर्छिन्। फिल्ममा उनले गहना लगाउनु अघि जसरी महिलालाई सम्बोधन गरिन् त्यसले मलाई निकै छोयो। म यति प्रभावित भएँ कि मैले ५ सय रुपैयाँ दिने निर्णय गरेँ।’
यो फिल्मका लागि दीपिकाले ११ करोड भारु पारिश्रमिक लिएकी थिइन्। उनको पारिश्रमिक अभिनेता रणवीर सिंह र सहिद कपुरभन्दा बढी हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।