मुम्बई (एजेन्सी)– बलिउड अभिनेत्री केट्रिना कैफ आफ्नो शारीरिक तन्दुरुस्तीमा निकै ध्यान दिने गर्छिन्। यतिबेला केट्रिनाका केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। तस्बिरमा उनी जीम सेन्टरमा व्यस्त भएको देख्न सकिन्छ।
केट्रिनाले उक्त तस्बिर समाजिक सञ्जालमा सेयर गर्दै लेखेकी छन्, ‘कुरा सही होस् या गलत तर काम गर्ने या नगर्ने भन्नेले अर्थ राख्छ। कुरा आत्मविश्वास र डरको हो र यसभन्दा बढी तपाईको दिमागमा के चलिरहेको छ त्यसमा भर पर्दछ।’ यसबाट बुझिन्छ उनी आत्मविश्वासका साथ काम गर्छिन् भनेर।
केट्रिना यतिबेला शाहरुख खानको ‘जिरो’ र आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त छिन्। केही दिनअघि ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङको केही तस्बिरसमेत सार्वजनिक भएको थियो। यस फिल्ममा फातिमा सना शेख, केट्रिना कैफ, अभिताभ बच्चन मुख्य भुकिामा छन्। फिल्म आउँदो नोभेम्बर ७ मा रिलिज हुदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।