• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जो तुइन तरेर यात्रु बोक्छन्

ऋग्वेद शर्मा/शिव बोहरा बिहीबार, कात्तिक १४, २०७६  १६:२७
1140x725

डोल्पा- गाउँमा सडक पुगेपछिको तामझाम र खुसीयाली कुनै उत्सवभन्दा कम हुँदैन। पहिलोपटक गाडी पुग्दा बाजागाजा नाचगानसहित अबिर जात्रा नै देखिन्छ। नहोस् पनि किन! सडक नहुँदाको सास्तीले यति पिरोलेको हुन्छ कि सडकको आगमनले सुखको मीठो अनुभूति दिन्छ।  

तर, कतिपय ठाउँमा सडकको निर्माणपछि पनि स्थानीय बासिन्दाले सोचेको सुखको अनुभव भने गर्न पाएका छैनन्। हुन त भौगोलिक विकटताले भोग्नुपर्ने अप्ठ्यारा कथाहरु निकै छन्। यसमा धेरै त यातायातसँगै जोडिन्छ। कतै सडक छैनन्, सडक भएका कतिपय ठाउँमा पनि खोलामा पुल छैनन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र देशभरबाट तुइन विस्थापित गर्ने निर्णय गरेका थिए। नदी तर्न असाध्यै असुरक्षित हुने तुइन विस्थापनको घोषणाले धेरैको मुहार उज्यालियो। तुइन चुँडिएर ज्यान गुमाउन नपर्ने अवस्थाको कल्पना सुखद हुने नै भयो। 

प्रधानमन्त्रीले घोषणा गरेजस्तो दुई वर्षभित्र तुइन विस्थापित भइसकेको छैन। तर, तुइन विस्थापन गर्ने काम भने निरन्तर भइरहेकै छ। 

खच्चडलाई भारी बोकाएर चढ्नुपर्ने अप्ठ्यारा गौंडाहरु छिचोलेर कतिपय ठाउँमा सडक पनि बनेका छन्। तर, निरस डाँडाहरु काटेर सडक बनेपछि खुसी भएका मान्छेमा गाडी आएसँगैको अर्को दुःख भने थपिएको छ। यस्तै दुःखको एउटा कथा डोल्पातिर देखिन्छ। 

डोल्पा हालसम्म केन्द्रीय सडक सञ्जालसँग जोडिन सकेको छैन। सरकारले देशका सबै जिल्लालाई केन्द्रीय सडक सञ्जालसँग जोड्ने बाचा गरेको वर्षौं बितिसक्यो। सरकारको बाचालाई माथि बसेको डोल्पाले नराम्ररी गिज्याइरहेको छ। सडक नभएका ठाउँमा तुइनको कठीन यात्रा बाध्यता भए पनि सडक भएका ठाउँमा पनि पुल नहुँदा सवारी नै तुइनको भर पर्नुपरेको छ।

यसैले त डोल्पामा कि त टिकट पाउनै मुस्किल हवाइजहाजको भर पर्नुपर्छ, कि त तुइनबाट तारिएको जिपको महँगो किस्ताबन्दी यात्रा गर्नुपर्छ। डोल्पामा पछिल्लो समय फोक्सुण्डो यात्रामा जाने पर्यटकले यस्तै सास्ती भोगिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

हवाइजहाजमा जाँदा नेपालगञ्जबाट उडेपछि सिधै डोल्पाको जुफाल विमानस्थल पुगिन्छ। त्यहाँबाट फोक्सुण्डो जान आधा घण्टाजति जिपमा गएपछि सुलिगाड पुगिन्छ। जुफालबाट हिँड्ने नै हो भने सामान्य हिँडाइले दुई घण्टामा सुलिगाड पुग्न सकिन्छ। फोक्सुण्डो जान सुलिगाडबाटै उकालो लाग्नुपर्छ। 

तर हवाइजहाजको बाटो पहुच हुने केहीलाई मात्रै छ। बाँकी त रुकुमको राडीज्यूला बजारबाट तल्लुबगर पुगेपछि किस्ताबन्दीमा जिपको यात्रा गर्न बाध्य छन्। राडीज्यूलाबाट ठूलीभेरी नदी पारि हुँदै तल्लुबगर र त्यहाँबाट जाजरकोटको त्रिपुरा नलगाड नगरपालिकादेखि डोल्पाको सुलिगाडसम्म ६ पटक जिप परिवर्तन गर्नुपर्छ। 

जाजरकोट खलंगा हुँदै राडीज्यूलासम्म काठमाडौंबाटै बस लाग्छ। त्यहाँबाट पारि तरेपछि जाजरकोट तल्लुबगर पुगिन्छ। पारि जान ठूलीभेरीमा गाडी तर्ने पुल छैन, मानिस तर्न झोलुंगे पुल भने छ। यसैले राडीज्यूला पारि चल्ने सबै जिप तुइनबाट तारिएका हुन्। 

२०७३ जेठमा नेपाली सेनाको सडक निर्माण कार्यदलले जाजरकोट-डोल्पा-भेरी करिडोर मार्ग अन्तर्गत डोल्पाको सिमाना त्रिवेणीसम्म सडक बनाएको थियो। त्यही सडक डोल्पा दुनैसम्म विस्तार भएपछि २०७५ को मंसिरमा तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले तामझामसहित उद्घाटन गर्दै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरेका थिए। 

१ सय १८ किमिको उक्त सडकमध्ये जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी-सुपानीसम्म १ सय ३ किमि नेपाली सेनाले तथा सुपानीदेखि डोल्पा सदरमुकाम दुनैसम्म १४ किमि स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो। 

रिम्ना, मनमाइतहरा, तल्लुबगर, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे गाउँ हुँदै अक्कर र भीर पहरा फोडेर सेनाले सडक बनाए पनि बीचमा खोलाले छुट्याएका ठाउँहरुमा अझै पक्की पुल बनेका छैनन्। जसले गर्दा दुई खोलाको बीचको सडक क्षेत्रमा चलिरहेका जिप र ट्याक्टरहरु तुइनको सहयताले तारिएका हुन्। 

 तुइनबाट ट्याक्टर तारिँदै। तस्बिर- हेमन्त केसी, रासस/जाजरकोट।

यसरी तुइनबाट एउटा जिप तार्न आफूहरुले एक लाख रुपैयाँसम्म खर्च गरेको रुकुम पश्चिम छोटेबगरका धनबहादुर थापाले बताए। छोटेबगरमै होटल सञ्चालन गरिरहेका उनीसँग पनि तुइनबाटै तारिएको एउटा जिप छ। जुन छोटेबगरदेखि १५ मिनेटमा पुगिने गन्तब्यसम्म चल्छ। धनबहादुरले तुइनबाट तारिएको शुल्कसहित जिप २६ लाख रुपैयाँमा ५ वर्षअघि किनेको सुनाए। 

‘खोलामा पुल नुहँदा जिप, ट्याक्टर सबै नै तुइनबाट नै तारिएको हो। ठेक्कामा एउटा जिप तार्न मेरै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो। यहाँ अब किरा टिप्ने (यार्सागुम्बा) सिजनमा र फोक्सुण्डो जाने पर्यटक आउने समय जिप रोक्ने फुर्सद नै हुँदैन’ धनबहादुरले भने। 

धनबहादुरले त दुईवटा खोलाबाट मात्रै तुइनको सहयताले जिप तारेकाले पछिल्ला अरु स्टेसनमा भन्दा सस्तोमै निप्टाए। होइन भने जति माथिल्लो स्टेशन पुगियो जिप खरिदका लागि त्यति नै धेरै मूल्य खर्चनु पर्छ। तुइन तारिने हरेक स्थानमा प्रति जिप एक लाख रुपैयाँ शुल्क तिर्नुपर्छ। 

डोल्पाको त्रिपुराकोट

जाजरकोटको त्रिपुरा नलगाड नगरपालिका ठूलीभेरी तिरमा रहेको तल्लुबगरबाट डोल्पाको सुलिगाड-दुनैसम्म पुग्न ६ वटा जिप बदल्नु पर्छ। जिप चढेपछिको पहिलो स्टेशन छोटेबगर हो, छोटेबगरपछि अर्काे स्टेशन रुकुमको गोतामकोट पर्छ। त्यहाँबाटै डोल्पा जिल्ला प्रवेश गरिन्छ। गोतामकोटबाट चढेको जिप डोल्पाको त्रिवेणी र त्यहाँबाट अर्को जिप कबरगाड पुगेर रोकिन्छ। हिँडेर त्यहाँ भएको झोलुङ्गे पुल तरेपछि अर्को जिप चढेर डोल्पाको खदाङ पुगिन्छ। 

खदाङमा उसैगरी खोलाले बाटो रोक्छ। झोलुङ्गे पुल तरेर त्रिपुराकोट जाने अर्को जिप चढ्नुपर्छ। त्रिपुराकोटमा उसैगरी हिँडेर झोलुङ्गे पुल तरेपछि दुनै जाने जिप चढ्न पाइन्छ। त्यही नै ‘किस्ताबन्दी जिप यात्रा’को अन्तिम जिप हो। 

ठूलीभेरीको छेउ हुँदै खनिएको बाटो चट्टाने पहाडका कारण सहज हुने छेउपट्टी खनिएको छ। यसले गर्दा एउटै नदीले धेरै पटक सडकलाई छुट्टाएको छ। यसैले त खोला आउने वित्तिकै जिप परिवर्तन गर्नुपर्दा यात्रुहरु आर्थिक हिसाबले पनि ठूलो मारमा पर्छन्। तुइनबाट तारिएको भन्दै छोटो दुरीमा पनि जिपभाडा महँगो तोकिएको छ। 

स्टेशन नै पिच्छे फरक फरक भाडा दरमा जिप चढ्ने बाध्यता यात्रुलाई छ। ६ वटा स्टेशनमा एक सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म भाडा तोकिएका छन्। तोकिएको भाडा तिरेर पनि भनेकै समयका जिप गुड्दैनन्। 

हरेक चालकको सर्त छ- जिप गुड्न सिट भरिनुपर्छ। भन्नलाई सिट भरिनुपर्छ भनिए पनि छतसमेत भरिएर ढोकामा झुण्डिने मान्छे नभएसम्म सितिमिति जिप गुड्दैनन्। यसैले एउटै जिपमा १५ देखि २० यात्रुसम्म कोचिनुपर्ने बाध्यता त छँदैछ। ट्राफिक नियम र अनुगमन त सोच्नुसम्म पनि मुर्खता देखिन्छ! चालक तथा जिप धनीहरुको मनमौजी नियम र क्षमता तोकनीबिना जिपको पाङ्ग्रो सर्दैन। 

यस्तो सास्ती फोक्सुण्डो यात्रामा दैनिक गइरहेका सयौँ पर्यटकले भोगिरहेकै छन्। यसैगरी यात्रा गर्दा निक्कै असहज भएको अनुभव फोक्सुण्डो यात्रामा गएका भक्तपुरका गगन शाक्यको पनि छ। 

‘यहाँ त मनोमानी नै हुने रहेछ, नयाँ ठाउँमा उनीहरुले जे भन्छन् त्यही मान्नुको विकल्प पनि त हुँदैन। एकै ठाउँमा रकम तिरेर टिकट लिएपछि सुलिगाड पुग्ने व्यवस्था मिलाउनु पर्ने हो’ उनी सुनाउँछन्, ‘साँझ परेपछि ५ सय लाग्ने स्टेशनको भाडा पनि ६ सय लिइने रहेछ। यसैले त सडक मार्ग भएर फर्किनु नपरोस् भन्ने लाग्छ।’

तुइन तरेर जाजरकोट र डोल्पामा चल्ने सवारीमा महिन्द्रा कम्पनीको बोलेरोको एक छत्र राज देखिन्छ। त्यसमा पनि ‘सिंगल क्याब’ र ‘डबल क्याब’ बोलेरो नै देखिन्छन्। 

पहाडी बाटोमा गुडाउन हलुका सवारी सहज मानिन्छ। एक त साँघुरा र कच्ची बाटो अर्कोतर्फ तुइन तारेर गुडाउने ठाउँमा लैजानु पर्ने अवस्थाका कारण पनि हलुका सवारीको विकल्प देखिँदैन। त्यसैले पिकअप (जिप) वर्ग सवारी उक्त बाटोमा यात्रु तथा सामान बोक्न सञ्चालन भइरहेका छन्। 

सडक बनेपछि जिप त जसोतसो तुइनबाट तारियो। तर बिग्रियो भने बनाउन फेरि तुइन तारेरै ल्याउनु? यो कठिन अवस्था आएपछि स्थानीय जिप धनिहरु मिलेर विकल्प रोजे- ‘जिप तुइनमा तारेर बनाउन लैजान सम्भव हुँदैन, त्यसैले मेकानिक नै सधैँका लागि राख्ने व्यवस्था मिलाउने।’

यसैले जाजरकोट र डोल्पामा रहेका हरेकजसो जिप स्टेशनमा गाडी मर्मत गर्ने मिस्त्री राखिएका छन्। जिप मर्मत गर्न लगिएका तिनै मिस्त्रीले स्थानीयले कठीन बाटो हुँदै झोलुङ्गे पुलबाटै लगेका मोटरसाइकल पनि मर्मत गरिदिने गरेका छन्।

‘बिग्रियो भने त धेरै नै समस्या हुन्छ नि, सुरु सुरुमा सानो सानो कुरा बिग्रिँदा पनि हामीलाई थाहा हुने कुरै भएन। यसैले सबै मिलेर मिस्त्री नै यहाँ ल्यायौँ। सबैजसो स्टेशनमा तराइबाट बोलाइएका मिस्त्रीहरु छन्’ धनबहादुरले सुनाए। 

तुइनबाट तारिएका जिप बनाउने मिस्त्रीहरु भने झोलुङ्गे पुलबाटै वारपार गर्छन्। डोल्पाले पछिल्लो पटक पाएको समृद्धिको सुविधा तुइनमा झुण्डिन नपर्नु नै हो। अब उनीहरु सडकसँगै ल्याइएका गाडीहरु तुइनबाट तार्नु नपर्ने समृद्धिको पर्खाइमा छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्