मदुरै (एजेन्सी)– प्रसिद्ध अभिनेता कमल हसनले मंगलबार आधिकारिक रुपमा राजनीतिक पार्टीको घोषणा गरेका छन्। उनले आफ्नो पार्टीको नाम ‘मक्कल निधि मय्यम’ राखेको जानकारी दिए। उनले पार्टीको नाम घोषणा पूर्व सबैलाई आफूले पार्टीको नाम लिँदा ठूलो आवाजमा सहमति जनाउन आग्रह गरे। उनले भने, ‘यो सबैको पार्टी हो। म यो पार्टीको नेता होइन। एकदिनको लागि मात्र पार्टी खोलिएको होइन, ठूलो लक्ष्यसहित खोलिएको हो।’
उनले आमसभामा पार्टीको नामको घोषणा गर्दा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि मञ्चमा आसिन थिए। पार्टीको नाम घोषणा गर्नुअघि उनी पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको घर पुगेर आमसभामा उपस्थित भएका थिए। उनले स्वर्गीवासी राष्ट्रपतिका ९० वर्षीय भाई मोहम्मद मुथुइमीरन लेब्बाई मराईक्कयरसँग आर्शिवाद थापेका थिए। उनले कलाम आफ्नो आदर्श भएको बताउन भुलेनन्। हसनले मंगलबार राती मदुरैमा आफ्नो राजनीतिक दलको बैठक गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।