नयाँ दिल्ली (एजेन्सी)- टाइगर श्राफको बहुप्रतीक्षित फिल्म 'बागी'को सिक्वेलको ट्रेलर रिलिज भएको छ।
'रियल लाइफ'की जोडी दीशा पटानीसँग रिलमा रोमान्स गरेका टाइगरलाई फिल्मको ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ।
साजिद नाडियाडवालाले टाइगर र श्रद्धा कपुरलाई लिएर दुई वर्षअघि 'बागी' बनाएका थिए।
पहिलो फिल्म व्यापारिक रुपमा समेत सफल भएपछि साजिदले सिक्वेल निर्माण गरेका हुन्। फिल्मको निर्देशन अहमेद खानले गरेका छन्।
फिल्ममा टाइगर र दीशाका साथै प्रकाशराज, रणदीप हुडाको अभिनय रहेको छ। फिल्म मार्च ३१ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।