एजेन्सी– पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ।
तेज गाम एक्सप्रेसको उक्त रेल कराचीबाट रावलपिण्डीको चल्ने गर्छ। रावलपिण्डी तर्फ जाँदै गरेको सयमा रेलको तीनवटा डिब्बामा आगलागी भएको थियो। रहिम यार खान जिल्लाका डीपीओ अमीर तैमुर खानका अनुसार आगलागीका कारण ४६ जना मारिएको पुष्टि भएको छ भने अन्य ४२ जना घाइते भएका छन्।
रेल मन्त्रीका अनुसार रेलमा यात्रा गरिरहेका यात्रुले रेलमा खाजा बनाउन थालेको बेलामा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको हाे।
.jpg)
प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
रेडियो पाकिस्तानका अनुसार घटनाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री इमरान खानले दु:ख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उद्दार र उचित उपचारको व्यवस्था गर्न समेत निर्देशन दिएका छन्। रेलमन्त्री शेख रशीदले यात्री र ट्रेनको बिमा भएकाले आर्थिक नोक्सानको क्षतिपूर्ति पाउने बताए।
यो घटनाको सरकारले अध्ययन गर्ने समेत उनले बताए। सरकारी अधिकारीले मृतकहरूको सनाखत गर्ने कार्य गरिरहेको रेलमन्त्री रशीदले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।