मुम्बई (एजेन्सी)– फिल्मीनगरमा अनुहारको सर्जरी गर्ने ‘ट्रेन्ड’ नयाँ होइन्। हलिउड मात्र होइन, बलिउडमा पनि आफ्नो अनुहारलाई राम्रो बनाउन थुप्रै कलाकारले सर्जरी गराएका छन्। यस्तै, सर्जरी गराउने सूचीमा पर्छिन्, दक्षिण भारतका सुपरस्टार कमल हसनकी छोरी अभिनेत्री श्रुति हसन पनि।
‘लक’ फिल्ममार्फत इमरान खानको अपोजिट कलाकारको रुपमा उनले बलिउडमा फिल्मी करिअरको सुरुवात गरेकी हुन्।
उनले पहिलो फिल्मपछि आफ्नो नाक र ओठको सर्जरी गराएकी थिइन्। यसपछि उनको अनुहारमा परिवर्तन देखिएको थियो। दक्षिण भारतमा श्रुति निकै चर्चित छिन्। बुवा कमल हसनसँग निकै नजिक रहेकी उनी अभिनेत्री बाहेक राम्रो स्वरकी धनी पनि हुन्। उनी गीत पनि गाउँछिन्।
नाकको सर्जरीपछि उनी ट्रोल पनि भएकी थिइन्। तर, उनले यसको प्रष्टीकरण दिँदै भनेकी थिइन्, ‘मलाई स्वाँस लिन गाह्रो पथ्र्यो, त्यसैले सर्जरी गराएकी हुँ। अब सबै ठिक छ। लुकाउनु पर्ने केही छैन।’
श्रुतिले पहिलो गीत ६ वर्षको उमेरमा गाएकी थिइन्। यो गीत उनले आफ्नो बुवाको फिल्म ‘थेवर मगन’ का लागि गाएकी थिइन्। उनले ‘चाची ४२०’ मा पनि बुवासँग मिलेर गीत गाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।