मुम्बई (एजेन्सी)– अर्को होलीको अवसरमा अक्षय कुमार अभिनित फिल्म ‘केसरी’ रिलज हुने भएको छ। अक्षयले बुधबार ट्विट गरेर फिल्मको केही दृश्य सार्वजनिक गरे। उनले ट्विटरमा लेखेका छन्, ‘आजको सेटमा दुई जना अबोध बालिका समावेश रहे। भारतका केही महान नाबालिक मध्ये एक, सारागढी युद्धमा आधारित ‘केसरी’ फिल्ममा यी दुबैले अफगानी बालिकाको भुमिका निर्वाह गरेका छन्।’
अक्षय कुमारकोण् ‘केसरी’ सन् २०१९ को होलीमा रिलिज हुनेछ। फिल्म भारतका प्रख्यात फिल्म निर्माता करण जोहरको प्रोडक्सनले निमार्ण गर्दैछ। अनुराग सिंहले फिल्म निर्देशन गरिरहेका छन्। फिल्म सन् १८९७ मा बेलायती भारतीय सेना र अफगानी सेनाबीच सरागढीमा भएको युद्धमा आधारित छ। युद्धमा बेलायती भारतीय सेनाका २१ जवानले अफगानिस्तानका १० हजार सेनासँग युद्ध गरेको बताइन्छ। केसरीमा अभिनेत्रीको भुमिकामा परणिती चोपडा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।