काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ‘भिआइपी’ जुवाडेलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, मुद्दा थपिँदा ’भिआइपी’ जुवाडे बुधबार पनि थुनामै, ६ बन्दीलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश ।
२) १९ वर्षीया युवतीमाथि ललितपुरमा सामूहिक बलात्कार, दुई युवक पक्राउ, बलात्कार मुद्दामा प्रहरी अनुसन्धान जारी ।
३) डडेल्धुरामा २५ वर्षपछि बाँझो जमिनमा तरकारी खेती सुरु, २ सय रोपनीमा आलु खेती गर्न करिब ३० लाखको लगानी ।
४) पारसको राजिनामापछि ज्ञानेन्द्र मल्लले पाए राष्ट्रिय क्रिकेट टिम कप्तानको जिम्मेवारी, अर्काे निर्णय नहुँदासम्म मल्ल कप्तान रहने क्यानको भनाइ ।
५) र, लामो विवादपछि बेलायतमा १२ डिसेम्बरमा आम निर्वाचन हुने निश्चित, प्रधानमन्त्री जोनसनको प्रस्ताव तल्लो सदन हाउस अफ कमन्सबाट बहुमतले पारित ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।