• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

चीनसँग सपनामा चिनजान [ ब्लग ]

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १४, २०७६  ०६:२०
1140x725

हुन त मेरा सपना 'छ्यास्छ्यास्ती लाग्ने' खालका हुँदैनन्। 'छ्यास्छ्यास्ती लाग्ने' त हाम्रा जमानामा गाउँका ढुंगाथान (देवीथान/देउताथान?) नै थिए। कुनै ध्वजा-पताका टाँगेको वा बेरेको र अबीर, फूलपाती छरेको ढुंगाथान पुग्दा हामी भुराहरु सतर्क भइहाल्थ्यौं। त्यहाँ पुग्दा जस्तै च्यापे पनि पिसाब फेर्नु हुन्न। नजानेरै पिसाब फेरे पनि 'यहाँका देवी-देउता छ्यास्स्यास्ती लाग्ने खालका छन्, सपनामै रगत छदाएर मार्छन्' भनेर थर्कमान थियौं। सपनामा समेत बाँसघारीमा पिसाब फेरेर ओछ्यान भिजाइन्थ्यो तर ढुंगाथानको वरिपरि कहिल्यै पिसाब फेरिएन।

मेरा सपना त्यसरी छ्यास्-छ्यास्ती लाग्दा हुन् त, बच्चा बेलै म बहुत धनी भइसक्थेँ। 'गुहुमा टेकेको सपना देखे भोलिपल्ट पैसा भेटिन्छ' भन्थे। मैले त हाम्रो मक्किएको काठको टाँढे पाइखानामा दिसा गर्न बस्दा, भत्किएर गुहुको आलमा चुर्लुम्मै डुबेको सपना देखेको छु। तर, भोलिपल्ट सुक्को पैसा भेट्टाइनँ। दिनभरि सपनाको याद गरेर घुम्दा पनि अँहँ पैसो मरिगए भेटिएन।

बरु मेरा सपना 'अँध्यारोमा हानेको झट्टी लागे जस्ता' हुन्छन्। कहिलेकाहिँ ठाउँमै लागे कि भने जस्तो नि। सपनामा देखेको कुरा भोलिपल्ट देखिन्छ/भेटिन्छ नि, हो त्यस्तै। हामी सानो हुँदा 'दारमे साँढे' गाउँतिर आइरहन्थ्यो। कालो रङको दारमे बडेमानको थियो, मेरो दुईटा टाउको बराबरको त जुरो नै थियो होला। कहिलेकाहिँ आँट मिल्ने साथी भेला भएर हामी चुस्स डल्लाले हान्थ्यौं। साँढेले फनक्क फर्किएर फुँ-फुँ गर्न थाल्थ्यो। हामी कुलेलम ठोक्थ्यौं। दारमेले खेदाइरा'को छ भन्ठानेर यस्तो भाग्थ्यौं नि, सास फुलेपछि रोकिएर हेर्दा दारमे अगिकै ठाउँमा चरिरहेको हुन्थ्यो। विपनामा डल्लाले हान्दा नखेद्ने साँढेले मलाई सपनामा चाहिँ धेरै चोटि लखेटेको छ। म मरेँ-मरेँ-मरेँ भनेर ब्युँझिएर बाँचेको छु। रातभरि सपनामा खेदाउने दारमे साँढेलाई भोलिपल्ट फ्याट्ट गाउँमा आ'को पनि देखेको छु। यसरी मेरो सपना ठ्याक्कै मिलेको छ।

तपाईंले कसरी सपना देख्नुहुन्छ कुन्नि? म चाहिँ कहिलेकाहीँ अजीव सपना देख्छु। एकदमै डिटेलमा। कहिलेकाहिँ त सपनाबाट ब्युँझिएर फेरि निदाउँदा पनि अगाडि देखेकै सपनाको निरन्तरता देख्छु। आज पनि अचम्मकै सपना देखेँ। डिटेलमा देखेँ।
आउनोस् तपाईं पनि एकछिन मैले देखेको सपना हेर्नोस्।

म मेरै गाउँ (कमल गाउँपालिका-७, डाँडागाउँ) को ८ नम्बरे बाँधको छेउमा रहेको एउटा विशाल भवनभित्र छु। वरिपरि तारजाली छ। (अस्ति दशैंमा गाउँ जाँदा त्यही बाँधमा लगेर ८ वर्षे छोरालाई बल्छी र लोथा थापेर माछा मार्ने तरिका सिकाएको थिएँ। तर, त्यहाँ कुनै भवन-सवन छैन।) 

एउटा चिनजानको चिनियाँ पत्रकार साथी मेरो छेउमा छ। (विपनामा मेरो एउटा पनि चिनियाँ साथी छैन)। भवन सुनसान छ। ऊ र म मात्रै छौं। ऊ मलाई चिन्ता लिनुपर्दैन भन्ने भावमा हेरिरहेको छ। खासमा हामी 'मैले कस्तो सजाय वा न्याय पाउँछु' भनेर कुरिरहेका छौं। मलाई चिनियाँ साथीले भनेको छ, सबै मुद्दाका फैसला यहीँ हुन्छ।

घटना के थियो भन्नु होला। हामी एउटा तीनतले रेस्टुरेन्टको छतमा बसेर मस्त दारु खाइरहेका थियौं। ग्याम्बेका ग्याम्बे गरिरहेका थियौं। चिनियाँले हाम्रै गाउँमा औद्योगिक पार्क बनाइरहेका थिए। चिनियाँको बिगबिगी नै थियो। त्यही बेला एउटा मत्तु चिनियाँ ठेकेदार आएर हामीलाई साफ थर्कायो। निर्माणमा भइरहेको गडबडीबारे चिनियाँ मिडियामा समाचार लेख्यो भनेर ऊ राँक्किएको रै'छ। 'पत्रकार चोर' सम्म भन्न भ्यायो। आफ्नो बिरादरीमाथि नै धावा बोलेपछि मेरो चिनियाँ साथी जंगियो। धक्कामुक्की भई त गयो। त्यो ठेकेदार फुत्तै छतबाट खस्यो। ठाउँका ठाउँ ठहरै। (यही बेला म झस्किएर ब्युँझिनुपर्ने, तर ब्युँझिनँ)। 

(दमक नगरपालिका र कमल गाउँपालिकामा पर्ने गरी औद्योगिक पार्क निर्माण गर्न नेपाल र चिनियाँ कम्पनीबीच भएको सम्झौता। हालैको चिनियाँ राष्ट्रपतिको भव्य भ्रमण। दमकमा हुँदा नगरपालिकाका एक कर्मचारीसँग औद्योगिक पार्क निर्माणको विषयमा गरेको छलफल। उनले सुनाएको चिनियाँसँगको 'ग्याम्बे' कथा। सायद सपनामा औद्योगिक पार्क बनिरहेको देखिनुमा यिनै तानाबानाले भूमिका खेलेको हुनुपर्छ कि।)

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि त चिनियाँ सेनाजस्ता लाग्ने मान्छेले मलाई पक्रिएर लगे, हाम्रा पुलिस चाहिँ देखिनँ। फेरि मेरो चिनियाँ साथीलाई त पक्रिएनन्। तर, ऊ मलाई मद्दत गर्ने आशा जगाउँदै वरिपरि देखा परिरहेको थियो। त्यसपछि हो, म गाउँको बाँध छेउ विशाल भवनभित्र कुरिरहेको पल।एउटा हातमा नलीखुट्टाको हड्डी बोकेर सेतै लुगा लगाएको, सेतै फुलेको छुस्स लामो दारीवाला चिनियाँ माथिल्लो तलामा देखा पर्‍यो। म झसङ्ग भएँ। छेउमा हेरेँ, मेरो चिनियाँ साथी गायब। त्यो अद्भूत चिनियाँ बुढो भुवाजस्तै हलुका उडेर म भए ठाउँ आयो। मेरो मुटु जोडजोडले धढ्कियो, थरर्र काम छुट्यो। ओठ कलेटी परे, थुक निल्नसमेत सकिनँ। उसले नलीखुट्टाको हड्डी ढोग्न लगायो। मैले ढोगेँ। त्यो हड्डीमा अलेलि आलो रगत बाँकी नै थियो।

उसले भन्यो, 'यो तैंले हत्या गरेको मान्छेको हड्डी हो। तैंले जेलमा बसेर हरेक दिन यो हड्डीलाई ढोगेपछि मात्र तँ सजाय मुक्त हुन्छस्।' 

मेरो होसो-हवास उड्यो। मैले सास बटुलेर सुसेलेको स्वरमा बित्ती बिसाएँ, 'मैले हत्या गरेकै होइन। अर्को चिनियाँ साथी पनि त थियो नि सँगै। त्यो मान्छे अचानक छतबाट खसेर मरेको हो। म कसरी दोषी हुन्छु।' मैले बोलिसक्नु र मेरो गाला रन्थनिने गरी बाघेझापु भेट्नु एकैसाथ भयो। (यो पनि म ब्युँझिन सक्ने सम्भावित क्षण थियो, तर ब्युँझिन)।

मलाई तार जालीले घेरेको अर्को कम्पाउन्डमा लगे। रातो इँटाका एक कोठे घरैघर। एउटा जेल घरमा मलाई राखे। ओछ्यान राम्रै रै'छ, म घुप्लुक्कै निदाएँ। 

Xtrem

Xtrem

आँखा उघ्रिँदा जेलघरको अगाडि पर्ने आँगनमा कल्याङ-मल्याङ थियो। सबै नेपाली नै नेपाली। तर पनि एउटा चिनेको मान्छे छैन। म त्यहीँ मिसिएँ। 

एउटाले भन्यो- नेपालभित्र यसरी चिनियाँ शासन लगाएर हामीलाई थुन्न पाइँदैन नि।

अर्कोले भन्यो- सानो गल्ती गर्नु नहुने, ल्याएर थुन्ने? यो त मानवअधिकारको हनन भयो।

अझ अर्को बोल्यो- अब चीनकै कानून लाग्ने भएपछि केको मानवअधिकार?

कुनाबाट अर्कोले बक्यो- धेरै गनगन नगर, खान-सुत्न राम्रै दिएको छ त। तिमरूलाई अरू के चाहियो? बाहिर यति पनि पाउँदैनौं। काम गर, खाउ, चुपचाप बस।

केही जानकारी र सूचना नपाएको म पत्रकारको पालो आयो बोल्ने- अनि यहाँ चीनको कानून चाहिँ कसरी लागू भयो र? कहिलेदेखि यस्तो भयो ? म त दशैं मान्न भनेर भर्खरै गाउँ आको हुँ। 

जवाफ दिने अघि सर्‍यो- यो औद्योगिक क्षेत्र चीनले बनाउँदै गरेकाले यसको वरिपरि पूरै चीनकै कानून लाग्ने सम्झौता रै'छ नि त। यहाँ नेपाल सरकारको केही चल्दैन रे।
मैले थपेँ- यो त हुनै सक्दैन। यस्तो सम्झौता भएको मलाई थाहै छैन। 

उसैले थप्यो- चीनले तिमेरुको तरिकाले केही बन्दैन, हाम्रै तरिकाले बनाउँछौं भनेर फुस्ल्याएको रै'छ। त्यही थाहा नपाएर त यहाँ फसिन्छ नि। म त यो बाँधमा नसोधी माछा मारेको आरोपमा पक्राउ परेको हुँ। ठूलो गल्ती चाहिँदैन। यहाँ उनीहरुकै हैकम चल्छ। हामी सप्पैले दिनदिनै १२ घण्टा काम गर्नुपर्छ।

उसको बेलिबिस्तार पछि मलाई उकुस-मुकुस भयो। कसलाई बिन्ती बिसाऊँ, म निर्दोष भनेर। जिन्दगी कहिलेसम्म यहीँ सड्ने हो पत्तो छैन। 

त्यही बेला मलाई हड्डी ढोगाउने त्यही तिलस्मी चिनियाँ फेरि आइपुग्यो, हड्डी ढोगायो र उड्यो। कहिलेसम्म ढोग्नुपर्ने हो यो हड्डी ?  मनमनै आत्तिएँ, बल्ल त एक दिन कट्यो।

हामीलाई लाइन लगाएर खाना खान लगियो। एक जना मात्रै आँट्ने दुवैतिर अग्लो तारजाली भएको साँघुरो बाटो। चिनियाँ सैनिकको पूरै पहरा। बाँध कट्ने बित्तिकै चान्दु खोलाको डिलमै रै'छ खाना खुवाउने घर। (चान्दु खोलामै बनेको छ ८ नम्बरे बाँध)। एउटा सैनिकले खाना खाने ठाउँमा सबैलाई बस्न दियो, मलाई नयाँ भनेर उभ्भिरहन भन्यो। 

तर, एकै छिनमा त्यहाँ त चिनेजस्ता मान्छे पो खाजा खान आए। केही पत्रकार साथी नै आए। (यहाँ नाम नभनौं)। अब भने अलिकति आस पलायो। मैले आफ्नो बेलिबिस्तार लाएँ। 

तपाईं मिलाएर भाग्नोस्, यो ठाउँ कटेपछि केही हुन्न भन्ने सल्लाह दिए। चान्दु खोला देखेपछि मलाई पनि भाग्छु भन्ने आँट आयो। मलाई आँखा तरेर बस्न नदिने चिनियाँ पनि देखिनँ। खाना खाने ठाउँबाट म फुत्त बाहिर निस्किएँ। लुइँ-लुइँ खोलाको डिलैडिल उत्तरतिर बढेँ। मलाई पर जेलघरको गेटमा बसेका दुईजना चिनियाँले देखिहाले। म दौडिएँ। लगत्तै चान्दु खोलामा झ्वाम्मै हामफालेँ। चिनियाँ पनि पर बाँधबाटै हामफालेर पौडिँदै आए। मैले बाकटे हान्दै गर्दा सुनेँ, मलाई भाग्न सल्लाह दिने पत्रकारले फोन गरेर ब्रेकिङ न्युज टिपाउँदै थिए- चिनियाँ श्रम शिबिरबाट भागेको एउटा नेपाली कैदी गोली लागेर मर्‍यो।

बच्चा बेलादेखि पौडी खेलेर आफूले चिनेको त्यो फुच्चे चान्दु खोला मैले एकै सासमा पार गरेँ। त्यसपछि तुफान दौडिएँ। मलाई खेदाउने चिनियाँहरू त एकाएक दारमे साँढे पो भए। त्यसपछि म लल्याकलुलुक। कुद्नै सकिनँ। म आलीमा बुर्लुङ्ग लडेँ। दारमेले सिँगौरी हानिसकेको थियो। म मरेँमरेँमरेँ भनेर ब्युँझिएर बाँचेँ। धन्न सपना रै'छ।

तर, आजको सपना कथम्कदाचित  'अँध्यारोमा हानेको झट्टी' जसरी फ्याट्ट ठाउँमा लागिदियो भने?

प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्