काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) तिहारमा भाइमसलाको आकर्षण बढ्दो, ५० रुपैयाँदेखि २ हजारसम्मका भाइमसला बजारमा, तिहारमा मात्रै मसलाजन्य वस्तुको आयात करिब ४ अर्बको हाराहारीमा।
२) लक्ष्मीपूजामा विद्युत खपत : अघिल्लो वर्षभन्दा १६ मेगावाट कम, उपत्यकामा मात्र एक तिहाइ, लक्ष्यभन्दा ५६ मेगावाट बढी विद्युत आयात।
३) सिन्डिकेट अन्त्य गर्न भूमिका खेलेको मयुर यातायात संकट उन्मुख, ३५ दिनभित्र ऋण नतिरे २० बस लिलाम हुने, कम्पनी मोडलमा सञ्चालित सबैजसो यातायात कम्पनीहरु घाटामा।
४) पहिलो मिनेट नै गोल जोगाउन नसक्दा टोटनह्याम पराजित, प्रिमियर लिगमा ९ मा जित र १ खेल बराबरी गर्दै अपराजित लिभरपुल शीर्ष स्थानमा।
५) र, सिरियाबारे अमेरिकी र रुसी विदेश मन्त्रीबीच टेलिफोन वार्ता, सिरियाको सार्वभौमसत्ता तथा भौगोलिक अक्षुण्णताप्रति संयमता अपनाउनुपर्नेमा रुसको जोड।
नेपाल लाइभ समाचार भिडियोमा हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।