नयाँ दिल्ली (एजेन्सी)– बलिउड सुपरस्टार ऋतिक रोशन पापड बेच्दै गरेको अवस्थामा भेटिएका छन्। उनले एउटा फिल्मको सुटिङका लागि पापड बेचेका हुन्। ऋतिक हिजोआज आफ्नो आगामी फिल्म ‘सुपर–३०’ को सुटिङमा व्यस्त छन् र उनको सुटिङको नयाँ तस्बिर ‘भाइरल’ बनेको हो।
फिल्म विहार राज्यको एक गणितज्ञ आनन्द कुमारको कथामा आधारित छ। आनन्द कुमारको बायोपिक फिल्मको गेटअपमा उनी पापड बेच्दै गरेको देखिएका हुन्।
उनी साइकलमा पापड राखेर ‘पापड ले लो’ भन्दै बेच्दै हिडेको भिडियो पनि भाइरल भएको छ। बलिउडमा एक्सन हिरोको छवी बनाएका ऋतिकलाई नयाँ अवतारमा देखेपछि सवै छक्क परेका छन्।
उनले अभिनय गरेको फिल्म अघिल्लो वर्ष गणतन्त्र दिवस जनवरी २५ मा रिलिज हुनेछ। सुपर–३० का संस्थापक आनन्द कुमारको जीवनीमा आधारित यो फिलमको अझै सुटिङ बाँकी छ। सुपर–३० आर्थिक रुपमा कमजोर बच्चालाई आईआईटीको प्रवेश परीक्षाको तयारीमा सहयोग गर्छ। यो संस्थाबाट पढेर अहिलेसम्म ४ सय बढी छात्र आईआईटीमा दाखिल भइसकेका छन्। फिल्मको निर्देशन विकाश बहल र साजिद नाडियाडवालाले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।