• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलिउडका ८ नायिका, जसलाई राम्ररी हिन्दी बोल्न आउँदैन

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०७४  १०:१९
1140x725

नयाँ दिल्ली (एजेन्सी)– फेब्रुअरी २१ लाई ‘इन्टरनेसनल मदर्स ल्याङ्वेज डे’ को रुपमा मनाइन्छ। भारतको मातृभाषा हिन्दी हो। तर, भारतमा अंग्रेजी भाषाको प्रभाव छ। सामान्य जीवन मात्र होइन, भारतको चलचित्र क्षेत्र पनि अंग्रेजी भाषाको प्रभावबाट मुक्त छैन। बलिउडमा यस्ता केही कलाकार छन्, जसलाई हिन्दी राम्रोसँग बोल्न आउँदैन। हिन्दी बोल्न नआए पनि उनीहरु आफ्नो अभिनयबाट बलिउडमा पकड जमाइरहेका छन्।

यीमध्ये आठ नायिका यस्ता छन्ः 

केटरिना कैफ 

केटरिना बलिउडको सफल अभिनेत्रीको सूचीमा पर्छिन्। हिन्दी शब्द अप्ठेरो गरी उच्चारण गर्ने उनले बलिउडको तीन वटै खान (आमिर, शाहरुख र सलमान) सँग काम गरिसकेकी छन्। १९८३ मा हङकङमा जन्मिएकी केटरिनाले लन्डनमा छँदा मोडलिङबाट आफूलाई स्थापित गरेकी हुन्। यसपछि उनी बलिउडमा आइन्। उनले १४ वर्षको किशोरी अवस्थामै गहनाको एउटा कम्पनीका लागि मोडलिङ गरेकी थिइन्। 
लन्डनमै केटरिनालाई फिल्म निर्माता कैजाद गुस्तादले एउटा फेसन शोमा भेटेका थिए। लगत्तै उनले आफ्नो फिल्म ‘बुम’ (२००३) का लागि साइन गरे। फिल्म फ्लप भयो। तर, उनलाई बलिउडमा स्थापित हुन लामो समय लागेन। 

राम्रोसँग हिन्दी बोल्न नआए पनि केटरिनाले बलिउडका हस्तीहरुसँग स्क्रिन गरेर आफ्नो पहिचान बनाएकी छन्। ‘मैने प्यार क्युँ किया’ (२००५), ‘हमको दिवाना कर गए’ (२००६), ‘नमस्ते लन्डन’ (२००७), ‘पार्टनर’ (२००७), ‘वेलकम’ (२००७), ‘राजनीति’ (२०१०), ‘एक था टाइगर’ (२०१२), ‘जब तक हे जान’ (२०१२), ‘धुम–३’ (२०१३), ‘टाइगर जिन्दा हे’ (२०१७) सहित थुप्रै फिल्ममा केटरिना असहज किसिमले हिन्दी बोल्दै गरेको देख्न सकिन्छ। अहिले उनी आमिर खानसँग ‘ठग्स अफ हिन्दुस्तान’ र शाहरुख खानसँग ‘जिरो’ को सुटिङमा व्यस्त छिन्। 

ज्याकलिन फर्नान्डिज


२००६ मा मिस श्रीलंका युनिभर्सको उपाधि जितेपछि ज्याकलिन चर्चामा आएकी थिइन्। राजधानी कोलम्बोमा पढाइ पूरा गरेपछि उनी मोडलिङलाई आफ्नो करिअर बनाउने उद्देश्यले भारत आएकी थिइन्। उनले २००९ मा रिलिज ‘अलादीन’ फिल्मबाट करिअरको सुरुवात गरिन्। उनलाई अंग्रेज, फ्रेन्च, स्पेनिस र अरेबिक राम्रोसँग बोल्न आउँछ, तर हिन्दीमा कमजोर छिन्। उनको चर्चा ‘मर्डर–२’ फिल्मको अभिनयपछि भएको थियो। उनले फिल्म ‘हाउसफुल’ का तीन वटै भागका साथै ‘किक’ (२०१४), ‘रोय’ (२०१५), ‘अ फ्लाइङ जट’ (२०१६), ‘जुडुवा २’ (२०१७) मा काम गरिसकेकी छन्। 
पछिल्लो समय उनी सलमान खानसँग रेस–३ को सुटिङमा व्यस्त छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सनी लियोनी


पोर्नस्टारको दुनियाँ छाड्दै बलिउडमा जमेकी सनी लियोनीलाई हिन्दी बोल्न निकै गाह्रो लाग्छ। यद्यपि उनी हिन्दी भाषा सिकिरहेकी छिन्। उनले २०१२ मा ‘जिस्म–२’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यसपछि उनले ‘ज्याकपट’ (२०१३), ‘रागिनी एमएमएस–२’ (२०१४), ‘एक पहेली लीला’ (२०१५), ‘कुछ कुछ लोचा हे’ (२०१५), ‘मस्तीजादे’ (२०१६), ‘बेइमान लभ’ (२०१७) मा काम गरिन्। सनी लियोनीलाई फिल्ममा त्यति ठूलो सफलता हात नलागे पनि उनी आइटम डान्सका कारण निकै चर्चित छिन्। 

लिसा हेडन


मोडलिङ क्षेत्रबाट अभिनयमा प्रवेश गरेकी लिसा हेडनको जन्म भारतमा भएको थियो। तर, बाल्यकाल बित्यो, अस्ट्रेलियामा। बलिउडमा उनले २०१० मा रिलिज भएको ‘आयशा’ बाट डेब्यू गरेकी थिइन्। ‘रास्कल’ (२०११), ‘क्वीन’ (२०१४), ‘द सौकिन्स’ (२०१४), ‘हाउसफुल–३’ (२०१६), ‘ऐ दिल हे मुश्किल’ (२०१६) सहित थुप्रै फिल्ममा काम गरिसकेकी हेडन अहिले आफ्नो छोरा हुर्काउने काममा व्यस्त छिन्। उनी टिभी शो ‘इन्डियाज टप मोडल’ को पनि होस्ट हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमी ज्याक्सन


बेलायती मोडल एमी ज्याक्सनले दक्षिण भारत र बलिउड फिल्ममा काम गरेकी छिन्। उनी थोरै मात्रामा हिन्दी बोल्छिन्। यति हुँदाहुँदै पनि उनको फ्यान–फलोअरको कुनै कमी छैन। उनले ‘एक दिवाना था’ (२०१२), ‘सिंह इज ब्लिङ’ (२०१५) सँगै दक्षिण भारतको थान्दवम (२०१२), येवदु (२०१४), थंगा मगन (२०१५) मा काम गरिसकेकी छिन्। उनी चाँडै रिलिज हुन लागेको रजनीकान्तको फिल्म ‘२.०’ मा बोल्ड अवतारमा देखा पर्दैछिन्। ‘रोबोट’ को सिक्वेल फिल्म ‘२.०’ मा अक्षय कुमार भिलेनको भूमिकामा छन्। 

नगरिस फखरी


अमेरिकी मोडल नरगिस फखरीको हिन्दी निकै खराब छ। फिल्ममा उनी आफ्नो संवाद समेत राम्रोसँग उच्चारण गर्न सक्दिनन्। रुपको भने चर्चा हुने गरेको उनी दर्शकमाझ प्रिय छिन्। उनले २०११ मा फिल्म ‘रकस्टार’ बाट डेब्यू गरेकी थिइन्। फिल्म हिट भए पनि उनको खासै चर्चा भएको थिएन। ‘मद्रास क्याफे’ (२०१३), ‘मै तेरा हिरो’ (२०१४), ‘हाउसफुल ३’ (२०१६), ‘अजहर’ (२०१६), ‘बैजो’ (२०१६) जस्ता फिल्ममा देखा परिसकेकी नरगिस अहिले अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरिरहेकी छिन्। 

एली अवराम


स्विडिस ग्रिक मोडल तथा अभिनेत्री एली अवरामलाई पनि हिन्दी आउँदैन। त्यही पनि उनले ‘मिकी भाइरस’ (२०१३), ‘किस किसको प्यार करुँ’ (२०१५), ‘नाम शबाना’ (२०१७) जस्ता फिल्ममा काम गरिसकेकी छिन्। फिल्मबाहेक उनी रियालिटी शो ‘बिग बोस’ (२०१३), ‘कमेडी नाइट्स विद कपिल’ (२०१५) मा पनि देखा परिसकेकी छिन्। 

एवलिन शर्मा


जर्मन मोडल र अभिनेत्री एवलिन शर्माले करिअरको सुरुवात २००६ बाट गरेकी थिइन्। उनी ‘लेफ्ट टर्न’ मार्फत बलिउडमा प्रवेश गरेकी हुन्। उनी २०१२ मा आयन मुखर्जीको फिल्म ‘ये जवानी हे दिवानी’ बाट चर्चामा आएकी थिइन्। हिन्दी हल्का बोल्ने एवलिनले ‘यारिया’ (२०१४), ‘मै तेरा हिरो’ (२०१४), ‘कुछ कुछ लोचा हे’ (२०१५), ‘हिन्दी मिडियम’ (२०१७) जस्ता फिल्ममा काम गरिसकेकी छिन्। 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्