काठमाडौं- अक्षय कुमार अभिनित फिल्म हाउसफुल-४ ले २ दिनमा नै ३८ करोड रूपैयाँ कमाएको छ। फिल्मले पहिलो दिनमा नै अफिसमा १९ करोड संकलन गरेको हो। दोस्रो दिन पनि उक्त फिल्मले सोही आँकडा बराबरको व्यापार कायम राखेको देखिएको छ। यो भारतीय फिल्म उद्योगको आन्तरिक व्यापार मात्र हो।
यद्यपि अक्षयकुमारको यो सर्वाधिक कमाइ भने होइन। उनीद्वारा अभिनित फिल्म मिसन मंगलले पहिलो दिनमा नै करिब ३० करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो।
तर यस वर्ष रिलिज भएका फिल्महरूमध्ये व्यापारका आधारमा मात्र हर्ने हो भने अक्षय कुमारको पछिल्लो फिल्म हाउसफुल-४ नवौं स्थानमा परेको छ।
फिल्म वारले पहिलो दिनमा नै ५३ दशमलव ३५ करोड कमाएर पहिलो स्थानमा छ भने भारत र मिसन मंगलले वारलाई पछ्याएका छन्।
मिसन मंगल अक्षयकुमारकै फिल्म हो। यसरी हेर्दा अक्षय कुमारलाई आफ्नै रेकर्ड भारी परेको छ। उनले आफ्नै रेकर्ड तोड्न सकेनन्। तर हाउसफुल सिरिजका फिल्मको पहिलो दिनको कारोबार हेर्ने हो भने यो सबैभन्दा बढी हो। यसअघि हाउसफुल ३ ले १५ करोड २१ लाख रुपैयाँ पहिलो दिनमा संकलन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।