काठमाडौं- यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ।
वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको भन्ने विश्वास छ।
यसैबीच कुकुर तिहारको अवसर पारेर ललितपुरको भैसेपाटीस्थित स्नेहा केयरले पनि कुकुर पूजा भव्य रुपमा सम्पन्न गरेको छ।
सडकमा बिरामी परेका कुकुरलाई आश्रयस्थलमा ल्याएर संरक्षण गर्दै आएको स्नेहा केयरले सबै कुकुरको पूजा गरेको केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिएकी छन्।
केयरमा २ सय भन्दा बढी कुकुर छन्। पूजामा ह्विल चेयर लगाइदिइएका कुकुरदेखि स्वस्थ कुकुरसम्म समावेश थिए।
सबै कुकुरलाई स्वस्थ बनाउने केयरको अभियान छ।
हेरौं तस्बिरहरू
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।