बुटवल- बुधबार बिहान भएको प्रहरी इन्काउन्टरमा 'मोस्ट वान्टेड' गुन्डा नाइके मनोज पुनसहित उनका सहयोगी सोम आले मारिएका छन्।
बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो। पक्राउ गर्न खोज्दा भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा सो घटना भएको हो।
प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए। देवहद नगरपालिका ४ भवानीपुरमा मुठभेड हुँदा उनीहरु भाग्न खोज्दा मारिएको एसपी ज्ञवालीले बताए।
गत वर्ष पुनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए। गत असोजमा काठमाडौंमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ। गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको उनैले हत्या गराएका थिए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।