नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेता इरफान खानलाई जण्डिस भएपछि उनको फिल्मको सुटिङ बीचैमा रोकिएको छ। उनलाई राजनीतिक व्यंगमा आधारित ‘द मिनिस्ट्री’ को सुटिङका लागि पञ्जाब जानु थियो। र अघिल्लो फिल्म ‘ब्ल्याकमेल’ को प्रमोशनमा पनि संलग्न हुनु थियो। तर, चिकित्सकहरूले उनलाई आराम गर्न सुझाव दिएका छन्।
इरफानले जारी गरेको बयानमा उनले पनि चिकित्सकको सल्लाह अनुसार केही समय आराम गर्ने बताएका छन्। इरफानको टिम उनको कार्यक्रम पुनः निर्धारित गर्ने काममा जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।