• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १७, २०८२ Sun, Mar 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पल शाह: असफल ट्याक्सी ड्राइभर, सफल हिरो

64x64
नेपाल लाइभ बुधबार, फागुन ९, २०७४  २०:४०
1140x725

काठमाडौं- कामका हिसाबले उनी ‘पूर्ण’ बन्दै गइरहेका छन्। तर, नाम फेरेर ‘पल’ बनाएका छन्।

कुरा हो, अभिनेता पल शाहको। उनको वास्तविक नाम पूर्णविक्रम शाह हो। केही वर्षअघिसम्म उनले म्युजिक भिडियोमा सफलताको एकलौटी झन्डा गाडेका थिए। अहिले फिल्ममा पनि उनी त्यही पहिचान बनाउन लालायित देखिन्छन्। 

उनको डेब्यु फिल्म ‘नाइँ नभन्नू ल –४’ हिट भयो। त्यसपछि ‘म यस्तो गीत गाउँछु’ले उनको स्टारडम चुलियो। तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ले उनको अभिनय क्षमतालार्इ दर्शायो। फिल्म 'शत्रुगते' रिलिजको पर्खाइमा छ। र, यो फिल्म पनि हिट हुने अपेक्षा गरिएको छ। किनभने चर्चित कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दीपाश्री निरौला समेत फिल्म 'शत्रुगते'मा जोडिएका छन्। किरण केसी 'रातामकै'ले निर्माण गरेको फिल्मको निर्देशन प्रदीप भट्टरार्इले गरेका छन्।

‘म निकै आशावादी छु,’ पल भन्छन्। ‘हनीबनी’ बोलको ‘म्युजिक भिडियो’ रिलिज भएपछि उनी सानो पर्दामा निकै व्यस्त बनेका थिए। ठूलो पर्दामा पनि उनको अभिनय रुचाइएको प्रमाण हो, अघिल्लो २ फिल्म हिट हुनु। पछिल्लो ४ वर्षमा उनले करिब २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने ६ वटाको निर्देशन र सयभन्दा बढी सम्पादन गरेका छन्। 

सपना सेकेन्ड लेफ्टिनेन्टको 
एक दशकअघि पलको सपना थियो, आर्मी बन्ने। सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना बोकेर उनी १० वर्षअघि दाङबाट ‘सपना साकार बनाउने सहर’ काठमाडौं प्रवेश गरेका थिए। 

तर, समयले उनलाई अन्तै डोर्‍यायो। काठमाडौं आएपछि उनी आफू र आफ्नो परिवारको आर्मी बन्ने सपना होइन, अर्को बाटो हिँडे। आर्मी नबनेको विषयलाई लिएर पोहोरसम्म परिवार उनीसँग त्यति खुसी थिएन। 

भन्छन्, ‘पोहोर सालसम्म बुवा–आमा सेकेन्ड लेफ्टिनेन्ट भिडेको भए यतिबेला त मेजर भइसक्थिस् भन्नुहुन्थ्यो।’ 

तर, अहिले पलले ‘हिट हिरो’को छवि बनाएका छन्। त्यसैले परिवारका सदस्य पनि खुसी छन्। यतिबेला उनका फ्यान पलको बुवासँग फोटो खिच्ने भन्दै घरै पुग्दा रहेछन्। 

Ncell 2
Ncell 2

‘अहिले दंग परेर ‘तेरा फ्यान आएका छन्, फोटो खिच्दै छु’ भनेर फोन गर्नुहुन्छ,’ यति भनिरहँदा खुसी देखिएका पलले नेपाल लाइभसँग भने।  

ट्याक्सी चालक बन्ने बाध्यता
दाङबाट काठमाडौं आउँदा सेकेन्ड लेफ्टिनेन्ट बन्न कम्तिमा सर्टिफिकेट लेभलको पढाइ पूरा गर्नुपर्थ्यो। एसएलसी पास गरेर काठमाडौं छिरेका पललाई यसका लागि दुई वर्ष कुर्नुपर्ने भयो। त्यसैले उनले दुई वर्ष काठमाडौंमा टिक्न दिउँसो कलेज जाने र राति ट्याक्सी चलाउने योजना बनाए। 

उनलाई यो आइडिया, उनकै अंकलले दिएका थिए। उनले रात्रिकालीन ट्याक्सी चलाउन तीन महिना ड्राइभिङ पनि सिके। तर, भाग्यलाई यो अस्वीकार थियो। उनी लाइसेन्सका लागि आवेदन दिन प्रहरीकहाँ जाँदा उनको फाराम नै दर्ता भएन। किनभने उनी त्यतिबेला १८ वर्ष पूरा भएका थिएनन्। र, नेपाली कानुनमा १८ वर्षभन्दा मुनिका व्यक्तिलाई लाइसेन्स दिने प्रावधान नै छैन। 

‘मलाई नायक बन्न लेखेको रै'छ, म जबर्जस्ती ड्राइभर बन्न दौडिरहेको रै'छु’, विगत सम्झिँदै उनी ठट्टा गर्छन्। 

जहाँ पुग्यो, त्यहीँ हन्डर
उनी कला क्षेत्रमा हिरो नै बन्छु भनेर प्रवेश गरेका थिएनन्। बाध्यताको घुमाउरो बाटोले उनलाई यहाँनेर डोर्‍याएर ल्याएको थियो। ‘म जे गर्न खोज्थेँ, त्यसैमा असफलता भोग्थेँ। निराश भएर अर्कोतिर लाग्थेँ। गर्दागर्दै कला क्षेत्रमा आइपुगेँ,’ उनले आफ्नो संघर्षको कथा सुनाए। 

पलका मामाका छोरा नितिन चन्द (‘जोनी जेन्टलमेन’का निर्देशक) र नमित चन्द (मोडल) ले मिलेर भिडियो ‘एडिटिङ’को काम गर्थे। 

ड्राइभर बन्न नसकेर निराश बसेको अवस्थमै यी दुई दाईले उनलाई एडिटिङ सिक्न सल्लाह दिए। यही काम उनका लागि फिल्मी क्षेत्रमा प्रवेश गर्ने बाटो बन्यो। तर, यहाँ पनि उनलाई दुःखले पिछा छोडेन। 

‘मालिक घर गएपछि रातभरि म दाजुहरुसँग एडिटिङ सिक्थे,' उनले भने। यही सिकेको केही सिपले गर्दा उनले दोहोरी गीतको म्युजिक भिडियो सम्पादन गर्ने एउटा कम्पनीमा काम पाए। उनी अर्को तरिकाले आफ्नो करिअर अघि बढ्न थालेकोमा खुसी थिए। 

तर दुर्भाग्य, एकदिन काम गर्न बिहान १० बजे अफिस पुग्दा ढोकामा बडेमानको ताल्चा झुन्डिएको थियो। ‘तलब लिन बाँकी नै थियो। सञ्चालक त कोठाको सबै सामना बोकेर अफिस छाडेर कुलेलम ठोकिसकेका रहेछन्,’ उनले सुनाए। 

यहाँ पनि भाग्यले साथ नदिएपछि उनी ‘एनटिभी प्लस’ बाट आउने ‘मिडिया प्लस’ कार्यक्रममा काम गर्न थाले। उनलाई यहाँ पुर्‍याउन नितिनको ठूलो हात थियो। ‘एनटिभी प्लस’मा केही समय उनले मनोज पाण्डेसँग काम गरे। यसपछि तराई टिभीमा एडिटरका रुपमा जागिर खान थाले। यहाँ पनि तीन वर्ष बरालिए। भारत पुगेर त्यहाँको ठूलो म्युजिक ब्रान्ड ‘टि–सिरिज’मा ११ महिना एनिमेसन पनि सिके।

उनले आफ्नो करिअर अगाडि बढाउन भारतको फिल्मी नगरी मुम्बई जाने सोच नबनाएका होइनन्। तर, तराई टिभी (टिटिभी) बाट राम्रो प्रस्ताव आएपछि उनी काठमाडौंमै थन्किए। यतिबेला पनि उनले दुःखै पाए। केही महिनाभित्र टिभीको हालत यसरी बिग्रियो, उनले ११ महिना तलबै पाएनन्। 

‘घरबेटीले भाडा नतिरेको भन्दै कोठामा ताला लगाइदिए। यसपछि एउटा सानो कोठामा बसेर केही समय गुजारा गरेँ,’ उनले दुःखको फेहरिस्त सुनाए। 

बल्ल आयो अवसर
उनीसँग एडिटिङ र एनिमेसन गर्ने सिप थियो। त्यसैले म्युजिक भिडियो सम्पादन गर्ने काममा आफूलाई सक्रिय बनाए। यही क्रममा एकदिन उनको भेट भयो, म्युजिक भिडियो निर्देशक विज्ञान राईसँग। 

विज्ञानले नै उनलाई मोडलिङमा आउन प्रेरित गरेका थिए। त्यतिबेला श्यामसङ राईले ‘तिम्रो यादमा रम्छु’ भन्ने गीत गर्दै थिए। विज्ञानले प्रस्ताव राखेछन्, ‘हिरो देखिन्छौ, मोडलिङमा ट्राइ गर न।’ 

पलले यतिबेलासम्म थुप्रै म्युजिक भिडियो सम्पादन गरिसकेको थिए। सम्पादनकै क्रममा उनीभित्र अभिनयको भूत चढिसकेको थियो। त्यसैले उनले आफूलाई आएको नयाँ प्रस्ताव अस्वीकार गरेनन्। 

‘मैले अभिनयबाट निर्देशकलाई निराश पारिनँ,’ उनले भने। उनको पहिलो भिडियो धेरैले रुचाए पनि। सतिश श्रेष्ठको ‘को होला त्यो’ भन्ने गीतमा अभिनय गरेपछि उनी एकाएक चर्चाको शिखरमा पुगे। 

‘मेरो करिअरको यू टर्न नै यही साबित भयो,' उनी भन्छन्। त्यसपछि नितिन चन्द निर्देशित 'हेलो हनीबनी'ले त उनी युवा पुस्ताका सबैभन्दा प्रिय मोडल बनाइदिएको थियो।

अचम्मका १२ वर्ष 
पललाई पछिल्लो १२ वर्षको भोगाइ निकै अचम्म लाग्छ। ‘म के बन्न चाहन्थेँ? के भएँ? आफै चकित पर्छु,’ हाँस्दै भने। 

म्युजिक भिडियोमा उनको छवि बन्यो, ‘लभरब्वाई’ को। तर, पहिलो फिल्म ‘नाइँ नभन्नू ल–४’ मा उनले यसको विपरीत भूमिका निर्वाह गरे। सफलता पनि हात पारे। ‘म यस्तो गीत गाउँछु’ मा उनको अभिनय थियो, लभरब्वाईकै। त्यसपछि फिल्म ‘जोनी जेन्टलम्यान’मा पल अभिनेताका रुपमा सफल रहे।  

यतिबेला चर्चित कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौलाले समेत अभिनय गरेको फिल्म 'शत्रुगते'मा उनी मुख्य भूमिकामा छन्। 'यो फिल्मले मेरो करिअरको ग्राफ अझै माथि चढाऊला,' उनी ढुक्क छन्।

तस्बिर : उत्सव रसाइली

प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन
मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक आइतबार, फागुन १७, २०८२
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित आइतबार, फागुन १७, २०८२
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै आइतबार, फागुन १७, २०८२
निर्वाचन आयोगले भन्यो -‘सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलावट बढ्दो’ आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्