काठमाडौं– दिवंगत निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ फिल्म ‘डेस्टिनेशन काठमाडौं’ चैत २ गते रिलिज हुने भएको छ।
यसअघि फिल्म २०७२ असोज १५ मै प्रदर्शन हुने भनिए पनि पछि सरेको थियो। देशको पर्यटन प्रवर्द्धन गर्न फिल्मको प्रदर्शन अन्तर्राष्ट्रियस्तरमा गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो।
तर, बीचैमा उनको निधन भएपछि फिल्मको निर्माण केही समय रोकिएको थियो। रायमाझीको ५८ वर्षको उमेरमै २०६८ कात्तिकमा हृदयघातबाट निधन भएको थियो।
रायमाझीको निधनपछि कार्यकारी निर्देशक मधुसुदन भट्टराईले बाँकी रहेको काम पूरा गरेका थिए। चलचित्रमा दिलीप रायमाझी, झरना थापा, केशव भट्टराई, विक्रम मल्ल ठकुरी, रवि गिरी, बिकास चापागाई, बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामिछाने लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।